Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिका-११ मा बालमैत्री स्थानीय शासन वडा घोषणा

  • चैत १४, २०८१
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत १४  । सुरुङ्गा नगरपालिका-११ लाई “बालमैत्री स्थानीय शासन वडा” घोषणा गरिएको छ। "बालमैत्री स्थानीय शासन पद्धति समृद्ध सुरुङ्गाको आधार" नारासहित खैजनपुर भज्जकामा आयोजित औपचारिक समारोहमा यो घोषणा गरिएको हो। बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम बालमैत्री स्थानीय शासन समिति द्वारा आयोजना गरिएको थियो। सुरुङ्गा नगरपालिका र वडा नं. ११ कार्यालयको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेन, सवल नेपाल जस्ता संस्थाहरूको महत्वपूर्ण सहकार्य तथा समन्वय रहेको थियो।

कार्यक्रमका क्रममा वडा नं. ११ का वडा सचिब सुनिता चौधरीले बालमैत्री स्थानीय शासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले वडामा लागू गरिएका बालमैत्री नीतिहरू, विशेष कार्यक्रमहरू, विद्यालय सुधार अभियान, स्वास्थ्य तथा पोषण प्रवर्द्धनका विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार, बालश्रम, बालविवाह र बालहिंसा न्यूनीकरणका लागि विभिन्न सचेतना अभियानहरू सञ्चालन गरिएका छन्।

यस ऐतिहासिक समारोहको अध्यक्षता वडा नं. ११ का वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष श्री राम कुमार चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सुरुङ्गा नगरपालिकाका नगर प्रमुख श्री गीता चौधरी उपस्थित हुनुभयो। त्यस्तै अन्य विशेष अतिथिहरूमा विशिष्ट अतिथि नगर उपप्रमुख श्री रुद्र बहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत श्री सुनिल कुमार पासमान, वडा नं. ४ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक श्री देवेन्द्र प्रसाद चौधरी, , वडा नं. ५ का वडा अध्यक्ष दिलाराम चौधरी , वडा नं. ६ का वडा अध्यक्ष श्री दिनेश कुमार राम,वडा नं. ७ का वडा अध्यक्ष श्री शिव नारायण चौधरी,वडा नं. ८ का वडा अध्यक्ष श्री श्याम प्रसाद साह,नगर प्रवक्ता शिव दर्शन पासमान,कार्यपालिका सदस्य हिरा कुमारी चौधरी,निर्मला चौधरी,सानी मण्डल ,राधा मोची ,सुनिता दास,तथा वडा न. ८ का वडा सदस्य पवनी कुमारी चौधरी तथा वडा सचिबहरु क्रमश : २ न. का कला आचार्य ,५ का मिरा कुमारी चौधरी ६ का शुनिल कुमार चौधरी ७ का आशा कुमारी चौधरी रहेको कार्यक्रम सञ्चालक विशेन्द्र चौधरीले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गीता चौधरीले स्थानीय सरकारले बालबालिकाको हक, अधिकार तथा उनीहरूको समुचित विकासका लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको बताउँदै भनिन्, "बालमैत्री शासन भनेको केवल नारामा सीमित हुने कुरा होइन। यसलाई व्यवहारमा लागू गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, सामाजिक संस्थाहरू सबैको साझा प्रयास आवश्यक छ।" उहाँले शिक्षा, स्वास्थ्य, पोषण तथा मनोरञ्जनमा सबै बालबालिकाले समान अवसर प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो।विशिष्ट अतिथि रुद्र बहादुर कार्कीले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि बालमैत्री शासन प्रणाली आवश्यक रहेको बताउँदै स्थानीय सरकारको जिम्मेवारी अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो

वडा नं. ११ ले बालमैत्री स्थानीय शासन घोषणासँगै विभिन्न बालहितकारी कार्यक्रमहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ। तिनमा निम्न पहलहरू समावेश छन् विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन बालबालिकाका लागि सुरक्षित खेलमैदानको निर्माण पोषणयुक्त आहार र स्वास्थ्य सुविधाको विस्तार बालश्रम तथा बालविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम बालअधिकार संरक्षण तथा सहभागिताको सुनिश्चितता कार्यक्रममा वक्ताहरूले बालमैत्री समाज निर्माण गर्न सरकार मात्र होइन, समुदाय, विद्यालय, अभिभावक तथा स्वयं बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहने बताए। जनता माध्यमिक  विद्यालय खैजनपुरका प्रधानाध्यापक अरुण कुमार चौधरी, रास्ट्रिय आधारभूत रामपुरका प्रधानाध्यापक गुलाब चौधरी विद्यालयहरूले बालमैत्री शिक्षण वातावरण सिर्जना गर्नुपर्ने बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्कीले बालबालिकाका अधिकार सुनिश्चित गर्न संस्थागत रूपमा पहल गर्नुपर्नेमा जोड दिँदै, "बालमैत्री स्थानीय शासनको घोषणाले मात्र पुग्दैन, यसको व्यावहारिक कार्यान्वयन नै सफलता हो," भन्ने धारणा राख्नुभयो। कार्यक्रमको अन्त्यमा सहभागी सबैले बालमैत्री शासन प्रणालीलाई सफलतापूर्वक कार्यान्वयन गर्न हातेमालो गर्दै संयुक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। बालबालिकाको समुचित विकास, उनीहरूको अधिकार संरक्षण तथा उज्ज्वल भविष्यका लागि सुरुङ्गा नगरपालिका-११ को यो पहल सम्पूर्ण नगरपालिकाका लागि अनुकरणीय उदाहरण बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१