औरहीमा विष्णु महायज्ञ रोक्न षडयन्त्र, छुवाछुतको झुट्टा आरोपमा हिन्दु सनातनी र स्थानीयहरु आक्रोशित

  • चैत ९, २०८१
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चैत ९ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन्। महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछुतको झुट्टा आरोप लगाई यज्ञलाई बिथोल्ने काम भइरहेको आरोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडा अध्यक्ष र बजरंगी बाबालाई लक्षित गरी कम्युनिष्ट पार्टी, केही दलित अगुवा र विदेशी धर्मका ठेकेदारहरुले मिलेर फसाउन खोजेको स्थानीयहरुको भनाइ छ। हिन्दु सनातन धर्मावलम्बीहरुले आफ्नो धार्मिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध गर्दै आएका छन्। यज्ञको सन्दर्भमा कान्तिपुर लगायतका केही संचारमाध्यमहरुले बदनियतपूर्वक समाचार सम्प्रेषण गरेको भन्दै ती पत्रिकाहरूको प्रतिकात्मक रूपमा जलाएर विरोध गरिएको छ।

महायज्ञको लागि हालसम्म तयारीमा खटिएका अधिकतर कामदार दलित समुदायकै रहेको जनाउँदै आयोजकले छुवाछुतको कुनै घटनै नभएको प्रस्ट पारेका छन्। महायज्ञमा सहभागी दलित महिला र पुरुष कामदारहरुले पनि आफूहरुमाथि कुनै प्रकारको छुवाछुत नभएको दाबी गर्दै काम गर्न सहज वातावरण रहेको बताएका छन्। आयोजक पक्षका अनुसार डोम समुदायलाई अगाडि सारेर जातीय विभेदको मुद्दा उठाई गाउँपालिका अध्यक्षलाई पदबाट हटाउने षडयन्त्र गरिएको छ। यदि छुवाछुत नै भएको भए अन्य दलित समुदायका महिलाहरुलाई काममा लगाउनुपर्ने आवश्यकतै नरहने स्पष्ट पारिएको छ।

दलित आयोगबाट केही घण्टामै पक्राउ पूर्जी जारी गराउन दबाब दिइएको र शिवजी यादव, पूर्व वडाध्यक्ष तथा त्यागी बाबामाथि गिरफ्तारीको प्रयास हुनु पूर्णरूपमा षडयन्त्र रहेको आरोप लगाइएको छ। अन्य दलितमाथि भएको घटनामा नबोल्ने आयोग र दलित अगुवाहरुले यस मामिलामा मात्र सक्रियता देखाउनु पूर्व नियोजित योजनाको हिस्सा भएको स्थानीय गणेश यादवले बताएका छन्।

यज्ञ सफल नहोस् भन्ने उद्देश्यले जातीय विभेदको मुद्दा उठाइएको भन्दै आयोजकले कडा प्रतिक्रिया दिएका छन्। यज्ञ रोक्न खोज्ने तत्वहरूलाई चेतावनी दिँदै महायज्ञ भव्य तरिकाले सम्पन्न गरिने बताइएको छ। यता, प्रहरी प्रशासनले आन्दोलनमा सहभागी ६ जनालाई नियन्त्रणमा लिएको छ भने हालसम्म ग.पा अध्यक्ष र पुर्व वडा अध्यक्ष सहित ८ जना प् पक्राउ परेका छन्। महायज्ञमा सहभागी कामदार र स्थानीय सनातन धर्मावलम्बीहरुले यज्ञ नरोकिने अठोट व्यक्त गर्दै सबैलाई सहभागिताको आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१