सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

  • चैत ८, २०८१
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ।  आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्‌मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको छ।   

त्यस्तै सशस्त्र प्रहरी सहायक निरिक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बराबरको सामान बरामद गरीएको छ।  उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५,००० (पचहत्तर हजार) बराबरको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अरून सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१