Siraha Times
ताजा समाचार

धनुषामा ऐतिहासिक स्टिम रेलका इन्जिन अलपत्र, संरक्षणको माग

  • चैत ६, २०८१
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान चैत ६ । धनुषाको जनकनन्दनी गाउँपालिका–४, खजुरीस्थित ऐतिहासिक रेल कारखानामा रहेको तत्कालीन जयनगर–जनकपुरधाम–बिजलपुरा रेलमार्गमा कोइलाबाट सञ्चालन भएका स्टिम ‘छुकछुके’ रेलका इन्जिनहरू वर्षौंदेखि अलपत्र अवस्थामा छन्। उचित संरक्षण नहुँदा यी इन्जिनहरू जथाभावी थन्क्याइएका छन् भने खिया लागेर तीव्र रूपमा जीर्ण बन्दै गएका छन्। स्थानीयवासी तथा इतिहासप्रेमीहरूले ती इन्जिनहरूलाई संग्रहालय बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने माग गरिरहेका छन्।

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा रहेको बेला यी इन्जिनहरूले नेपाल–भारत रेलसेवामा महत्वपूर्ण भूमिका खेलेका थिए। उक्त रेलमार्ग नेपालमा चलेका पहिलो रेलसेवामध्ये एक हो। अहिले खजुरीस्थित रेल कारखानामा सीता राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामक इन्जिनहरू वर्षौंदेखि उचित हेरचाह बिना थन्किएका छन्। कुनै समय यात्रु तथा सामान ओसारपसारका लागि प्रयोग भएका यी इन्जिन अहिले जीर्ण बन्दै गएका छन्।

स्थानीय बासिन्दाहरूले यी इन्जिनहरूको उचित संरक्षण गरी संग्रहालयका रूपमा विकास गर्नुपर्ने माग राख्दै आएका छन्। इतिहासविद् रमेश ठाकुर भन्छन्, “यी इन्जिनहरू हाम्रो ऐतिहासिक सम्पदा हुन्। यदि यिनलाई व्यवस्थित रूपमा संरक्षण गरी संग्रहालयमा राख्न सकियो भने, यसले जनकपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिनेछ।” यस क्षेत्रमा धार्मिक तथा ऐतिहासिक पर्यटकको आगमन बाक्लो हुने भएकाले संग्रहालय निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय व्यवसायीहरूको विश्वास छ।

रेलवे प्रशासन तथा स्थानीय निकायहरूले समयमा नै चासो नदिए यी अमूल्य सम्पदा नष्ट हुने खतरा बढेको छ। सम्बन्धित निकायहरूले पहल नगरेको प्रति स्थानीयहरू असन्तुष्ट देखिन्छन्। संरक्षणसम्बन्धी सरकारी नीति तथा स्थानीय तहको समन्वय आवश्यक रहेको विज्ञहरू बताउँछन्। यस विषयमा नेपाल सरकार, रेल विभाग तथा स्थानीय तहले गम्भीर रूपमा चासो लिएर तत्काल संरक्षण योजना बनाउनु पर्ने माग स्थानीय नागरिकहरू तथा इतिहासप्रेमीहरूले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१