Siraha Times
ताजा समाचार

श्री राष्ट्रिय प्राथमिक विद्यालय रौतहटमा अनियमितता: प्रधानाध्यापक महारानमाथि गम्भीर आरोप

  • चैत ४, २०८१
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी चैत ४ । सप्तरी जिल्लाको बालन बिहुल गाउँपालिका वडा नम्बर ६ अन्तर्गत रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालय, रौतहटमा प्रधानाध्यापक (प्र.अ.) बिजली महारानमाथि गम्भीर आर्थिक अनियमितता, पदको दुरुपयोग तथा विद्यालय प्रशासनको लापरवाहीका गम्भीर आरोपहरू लागेको छ। विद्यालय व्यवस्थापक समितिका सदस्य विष्णु कुमार दासले प्रधानाध्यापक महारानले विद्यालयको सम्पत्ति बेचबिखन गरिरहेको साथै आर्थिक अनियमितता गरेको तथा विद्यालय सञ्चालनमा लापरवाही देखाएको गम्भीर आरोप लगाएका छन्।
विद्यालय व्यवस्थापक समितिका सदस्य दासका अनुसार प्रधानाध्यापक महारान विद्यालयमा नियमित उपस्थित नरहने,विद्यालय आएर हाजिरी लगाएर अन्तै तिरजाने जस्ता आरोप लगाए आफू प्र.अ. भएको दाबी गर्दै अन्य शिक्षक तथा कर्मचारीलाई वेवास्ता गर्ने गरेको आरोप छ । उनले भने, "मेरो अब एक महिना मात्र जागिर अवधि बाँकी छ" भन्दै विद्यालयको सम्पत्ति समेत बिक्री गरिरहेको छ । विद्यालयका सम्पत्तिहरू अवैध रूपमा बेचबिखन गरिएको दाबी गर्दै दासले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले यसमा तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन्।
विद्यालयमा २३० विद्यार्थीहरूको नाम दर्ता रहेको देखिन्छ। तर, विद्यालयमा दैनिक उपस्थित हुने विद्यार्थीहरूको संख्या २० देखि ३० जनासम्म मात्र सीमित रहेको छ। शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयलाई पर्याप्त आर्थिक तथा भौतिक सहयोग प्राप्त भए पनि विद्यार्थीहरूको उपस्थिति न्यून रहनु विद्यालय प्रशासनको लापरवाही रहेको दाबी गरिएको छ।
विद्यालयका छात्रछात्राहरूलाई दिने खाजा कार्यक्रममा समेत गम्भीर आर्थिक अनियमितता भएको आरोप लगाइएको छ। सरकारी अनुदान प्राप्त योजनाअन्तर्गत खाजाको लागि आएको बजेट दुरुपयोग गरिएको, विद्यार्थीहरूको संख्या बढाएर देखाइ आर्थिक लाभ लिने कार्य भइरहेको जस्ता गम्भीर आरोप विद्यालय व्यवस्थापक समितिका सदस्य दासले लगाएका छन्। स्थानीय अभिभावकहरूका अनुसार विद्यालयमा छात्रछात्राहरूलाई समयमा खाजा नदिइने वा गुणस्तरीय खाजा उपलब्ध नगराइने गरेको गुनासो छ।
विद्यालय प्रशासनको लापरवाहीबारे बुझ्नका लागि सिरहाटाइम्सका पत्रकार रहमुल, आशिष साह, घुरण, र राशिन्द्र यादवले प्रधानाध्यापक महारानसँग फोनमार्फत सम्पर्क गरेका थिए। तर, महारानले गैरजिम्मेवार जवाफ दिएको पत्रकारहरूले बताएका छन्। पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रधानाध्यापक महारानले विद्यालयमा कुनै समस्या नरहेको जिकिर गरे पनि वास्तविकता फरक रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।
विद्यालय प्रशासनमा देखिएको अनियमितता र प्रधानाध्यापकको गैरजिम्मेवारीपनका कारण स्थानीय अभिभावकहरू आक्रोशित बनेका छन्। उनीहरूले यसबारे गाउँपालिका, जिल्ला शिक्षा कार्यालय तथा अन्य सम्बन्धित निकायलाई छानबिन गर्न माग गरेका छन्। विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न तथा आर्थिक पारदर्शिता कायम राख्न अभिभावकहरू, शिक्षक संघ तथा स्थानीय प्रशासन मिलेर तत्काल आवश्यक कदम चाल्नु पर्ने आवाज उठ्दै आएको छ।
यस विषयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा अन्य सरोकारवालाहरूले के कदम चाल्नेछन् भन्ने प्रतीक्षामा स्थानीय बासिन्दाहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१