Siraha Times
ताजा समाचार

मुसलमान भएका कारण सलमान खानलाई लेल पठाइयो: पाकिस्तानी विदेशमन्त्री

  • चैत २३, २०७४
  • ७१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

एजेन्सी/ कालो हरिण शिकार गरेको अभियोगमा जोधपुरको अदालतले चलचित्र अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनायो । अदालतको यो फैसलामाथि केहीले खुसी मनाइरहेका छन् भने केहीले अफशोस गरिरहेका छन् ।राजस्थानको हिन्दु समाजले सलमान खानलाई सजाय दिएकोमा खुसी मनाइरहेका छन् भने उनका फ्यानहरुमा निराशा देखिएको छ ।

तर, यो विषयमा पाकिस्तानी विदेश मन्त्री ख्वाजा मोहम्मद आसिफले आफ्नो धारणा राखेपछि विवाद उत्पन्न भएको छ ।पाकिस्तानी टेलिभिजन जिओ न्युज च्यानलमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्,‘सलमान खान अल्पसंख्यक समुदायका प्रतिनिधि भएका कारण उनलाई सजाय दिइएको हो ।’

उनले भनेका छन्,‘यदि सलमान खानको धर्म भारतीय सत्तारुढ पार्टीको भएको भए सायद उनलाई यो सजाय हुने थिएन वा उनको उद्दार हुन्थ्यो । सलमान खानलाई १९९८ मा कालो हरिण शिकार गरेको भन्दै २० वर्ष पछि जोधपुर अदालतले सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१