एजेन्सी/ कालो हरिण शिकार गरेको अभियोगमा जोधपुरको अदालतले चलचित्र अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनायो । अदालतको यो फैसलामाथि केहीले खुसी मनाइरहेका छन् भने केहीले अफशोस गरिरहेका छन् ।राजस्थानको हिन्दु समाजले सलमान खानलाई सजाय दिएकोमा खुसी मनाइरहेका छन् भने उनका फ्यानहरुमा निराशा देखिएको छ ।
तर, यो विषयमा पाकिस्तानी विदेश मन्त्री ख्वाजा मोहम्मद आसिफले आफ्नो धारणा राखेपछि विवाद उत्पन्न भएको छ ।पाकिस्तानी टेलिभिजन जिओ न्युज च्यानलमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्,‘सलमान खान अल्पसंख्यक समुदायका प्रतिनिधि भएका कारण उनलाई सजाय दिइएको हो ।’
उनले भनेका छन्,‘यदि सलमान खानको धर्म भारतीय सत्तारुढ पार्टीको भएको भए सायद उनलाई यो सजाय हुने थिएन वा उनको उद्दार हुन्थ्यो । सलमान खानलाई १९९८ मा कालो हरिण शिकार गरेको भन्दै २० वर्ष पछि जोधपुर अदालतले सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved