ताजा समाचार

लागुऔषध सहित २ जना सिरहा प्रहरीको नियन्त्रणमा

  • चैत २, २०८१
  • १०३८ पटक पढिएको
  • रामएकवाल राम
alt

राम एकवाल राम चैत्र २ । सिरहाको गोलबजार नगरपालिका-४ स्थित इसराफिल राइनकी श्रीमती नगिरा खातुनले सञ्चालन गरेको हाइवे होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले फागुन २७ गते साँझ ४:३० बजे छापा मारेको छ।

प्रहरी टोलीले होटल खानतलासी गर्दा होटलको बेसिनमा पहेँलो प्लास्टिकको झोलाभित्र १७ वटा कालो प्लास्टिकका पोका भेट्टाएको छ। ती पोकाहरू खोलेर हेर्दा खैरो हिरोइनजस्तो देखिने लागूऔषध फेला परेको छ। उक्त लागूऔषधको कुल तौल १.७३० ग्राम रहेकोमा शुद्ध तौल ६७० मिलिग्राम मात्र रहेको पुष्टि भएको छ।

यस्तै, सोही होटल बाहिर शंका लागी जाँच गर्दा गोलबजार नगरपालिका-७, चोहर्वाका १८ वर्षीय राजन जयसवालको साथबाट दुई वटा कालो प्लास्टिकका पोका फेला परेको छ। ती पोकामा रहेको लागूऔषधको तौल १५० मिलिग्राम रहेकामा शुद्ध तौल ४० मिलिग्राम मात्र रहेको प्रहरीले जनाएको छ।

प्रहरीले होटल सञ्चालक नगिरा खातुन र राजन जयसवाललाई लागूऔषधसहित नियन्त्रणमा लिई फागुन २८ गते सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤