प्रेस मञ्च नेपाल सिरहा द्वारा आयोजित होली मिलन समारोह भव्य रूपमा सम्पन्न

  • चैत १, २०८१
  • ५८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र १ । प्रेस मञ्च नेपाल सिरहा द्वारा आयोजित होली मिलन समारोह लहानमा भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता प्रेस मञ्च नेपाल सिरहा जिल्ला अध्यक्ष महेश सिंहले गरेका थिए भने उद्घोषण सितल कुमार साहले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष रोयण्टर मण्डल रहेका थिए। विशेष अतिथिहरूमा जनता समाजवादी नेपालका सिरहा जिल्ला कार्यकारिणी सदस्य बलिराम यादव, प्रेस मञ्च नेपालका पूर्व केन्द्रीय सचिव बिरेन्द्र यादव (बिरु), मधेश प्रदेश सदस्य ओम प्रकाश यादव, मधेश प्रदेश सदस्य सितल कुमार साह, प्रेस मञ्च नेपाल सिरहाका जिल्ला उपाध्यक्ष विनोद मण्डल, शम्भु चौधरी तथा जिल्ला सदस्यहरू रहमुल राईन, अशिष साह, बिजय यादव, मोहन महतो लगायतका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले एकआपसमा होली पर्वको शुभकामना आदान–प्रदान गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै महासंघ उपाध्यक्ष मण्डलले आफू सदैव पत्रकारहरूको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाउँदै महासंघका सदस्यता पाउन योग्य पत्रकारहरूलाई समेट्न पहल गर्ने बताए। प्रेस मञ्च नेपालका उपाध्यक्ष विनोद मण्डलले संगठनलाई विस्तार गर्दै मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याए। उनले आफू लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै संगठनको हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष महेश सिंहले दलगत पत्रकारिताले पत्रकारहरूलाई निष्पक्ष रूपमा काम गर्न कठिन बनाएको धारणा राखे। उनले मुख्य राजनीतिक दलका कमिटीहरूले प्रेस मञ्च नेपाललाई बेवास्ता गरेको आरोप लगाउँदै पत्रकारहरूको हकहित सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको समापन गर्दै वक्ताहरूले पत्रकारहरू स्वतन्त्र हुनुपर्ने तथा होली पर्वलाई सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण रूपमा मनाउन सबैलाई आग्रह गरे। कार्यक्रममा उपस्थित सबैले परस्परमा शुभकामना साटासाट गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरे।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१