अवैध उत्खनन्को समाचार संकलन गर्न जाँदा पत्रकार गणेश र विक्रमलाई ज्यान मार्ने धम्की

  • फागुन २५, २०८१
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फागुन २५ । गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा भइरहेको अवैध उत्खनन्को समाचार संकलन गर्न गएका पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष गणेश साह र प्रशिक्षार्थी पत्रकार विक्रम महरालाई तस्करहरुले ज्यान मार्ने धम्की दिएका छन् । जेसिभि र दर्जनौ ट्रिपर प्रयोग गरेर बिना इजाजत र राजस्व छलेर ऐलानी पर्ती सार्वजनिक जग्गामा उत्खनन् गरी रहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साह र नाम नखुलेका उनका एक सहयोगीले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार साहले बताएका छन् ।

“ जंगलको बीचमा छौ , यता कसले आउन भन्यो ? उत्खनन्को रिपोर्ट नगर्नु । नत्र मारेर यतै बालुवामा पुरी दिन्छौ भनेर धम्की दिएका छन् । ” पीडित पत्रकार महराले भने हामीलाई धेरै गाली गलौज पनि गरे । सुरक्षा खतरा उत्पन्न भए पछि हामीले प्रहरीले बोलायौं । इलाका प्रहरी कार्यालय गोलबजारबाट गएका दुई जना प्रहरीकै सामुन्ने पनि हामीलाई गाली गलौज गर्दै धम्की दिएको पत्रकार साहले बताए । पत्रकार द्वयले ज्यान सुरक्षा गरी पाउ भनी प्रहरीमा भोलि निवेदन दिने बताएकाछन् ।

उत्खनन् स्थलमा पुग्दा गुञ्जा कन्सट्रक्सनको स्वाम्तिवमा भएको जेसिभी एक थान र एक दर्जन ट्रिपरमा ग्राभेल लोड भइरहेको थियो । प्रहरी र पत्रकार पुग्नासाथ १० वटा ट्रिपर र जेसिभी भगाएको तर दुई थान ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको प्रदेश २ –०३–००१ क १३१७ र स १ ख ८३५ नं. को ट्रिपर गोलबजार नगरपालिकामा बुझाएकोछ ।

गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साहले गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ तथा प्रहरी चौकी मुक्सारका इन्चार्ज गेनालाल साहलाई मिलाएर विगत तीन वर्षदेखि सार्वजनिक जग्गाहरुबाट अवैध उत्खनन् गर्दै आएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पनि मिलाएको र बिना रोकटोक उत्खनन् गरिरहेको स्थानीयहरुको आरोप छ । वडा नं. ३ जमदह, मुसहर्निया र वडा नं. १ मुक्सारको विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरी तस्करी गरिरहेका छन् । यस क्षेत्रमा दर्जनौ डाँडा भत्काएर माटो, ग्राभेल , गिटी बालुवा र ढुंगा तस्करी गर्ने गरेका छन् । वातावरणीय प्रभाव मूल्याङ्गन नगरी , इजाजत नलिई तथा राजस्व नतिरी गुञ्जा कन्सट्रक्सनले हजारौं वर्गमिटर उत्खनन् गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत तथा प्रहरी समेत मिलाएर अवैध उत्खनन् गर्दा स्थानीय स्तरमा ठूलो वातावरणीय क्षति पुगेको स्थानीय भेषराज ठकुरीले बताए ।

स्थानीय रामबहादुर राय भन्छन् विजय साहलाई कसैले केह ीगर्न सक्दैन । यिनी शक्तिशाली ग्राभेल तस्कर हुन् । दिन रात यिनको दर्जनौ ट्रिपर उत्खनन् र ढुवानीमा लागि रहेको हुन्छ । न राजस्व तिर्छन् न इजाजत लिन्छन् । नगरपालिका र सुरक्षा निकाय यिनको मुठ्ठीमा छ । दर्जनौ बाउन्सर पालेका छन् । यिनको ट्रिपर आतंकले स्थानीयको जीवन संकटमा परेको छ । वडानं. ३ र १ मा यिनले सैकडौ खाडल बनाएका छन् । समाचार दावानलबाट लिएको हो 

यस सम्बन्धमा मेयर श्रेष्ठसँग बुझ्न खोज्दा उनले उत्खनन् भइरहेको बारे आफूलाई थाहा नभएको बताए । प्रमुख प्रशासकीय अधिकृत पुरीको फोन स्वीच अफ भएको थियो । यसबारे चौकी इन्चार्ज साहसँग बुझ्न खोज्दा उनले भने म आउनु भन्दा पहिलेदेखि नै उत्खनन् भइरहेको थियो । पहिलेदेखि नै भइरहेकोले हामीले कारवाही नगरेको बताए । तलदेखि माथिसम्म मिलेको छ । पत्रकारहरु पनि मिलेको छ , हामीले के गर्ने ?

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१