Siraha Times
ताजा समाचार

जिप्रका बाराका घुमुवा जवान यादवको असुली आतंक बढदो

  • फागुन २३, २०८१
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा २३ फाल्गुन। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङ्गले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदै अघोषित रुपमा घुमुवा परिचालन गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखाका बरिष्ठ प्रहरी नायब निरीक्षक विनोद काफ्लेको विश्वास पात्रको रुपमा परिचित प्रहरी जवान चन्दन कुमार यादवलाई अघोषित रुपमा घुमुवा परिचालन गरी आर्थिक लाभ लिईरहेको समाचार स्रोतले जनाएको छ ।

अपराध अनुसन्धान शाखाको काम कर्तव्य छुटै रहे पनि जवान यादवले बारा जिल्लाको विभिन्न नाकाहरुमा पुगी अवैध कारोबारीहरु सँग आर्थिक संकलन गरि रहेको समाचार स्रोतले जनाएको छ । तस्कर र व्यापारीहरु संग मासिक रुपमा रकम उठाउनको निम्ति घुमुवा परिचालन गरेको बजारमा व्यापक चर्चाको बिषय बनेको छ । जिल्ला प्रहरी कार्यालय बारामा करिब एक महिना पहिले आउँदा केही दिन सिमानाकामा एकदमै कडाई गरिएको थिए । सो पश्चात हाल अवैध कारोबारी र तस्करहरुले खुल्लेयाम रुपमा कारोबार गरिरहेको जनाईएको छ ।

बिवादित छवीका घुमुवा चन्दन कुमार यादव बिगतको समयमा पनि जिल्ला प्रहरी कार्यालय बारामा घुमुवाको रुपमा कार्यरत्त रहंदा प्रहरी संगठनलाई बदनाम गराई रहेको गुनासोहरु बढदा मधेश प्रदेशका तत्कालिन डिआईजी यज्ञबिनोद पोखरेलले कारवाही स्वरुप ढलकेवर दंगा गणमा तानेर थन्काएका थिए । सो पश्चात हालका मधेश प्रदेशका डिआईजी लालमणी आचार्यले किन र के का लागि जवान यादवलाई पुनः बारामै पठाएको प्रश्न उब्जिएको प्रहरी स्रोतको भनाई रहेको छ । हुनतः हाल प्रहरी जवान चन्दन यादव अपराध अनुसन्धान शाखामा कार्यरत्त रहेको देखिए पनि उनी प्रहरी उपरिक्षक तामाङ्ग र अपराध अनुसन्धान शाखाका बरिष्ठ सईको बलमा अघोषित रुपमा घुमुवाको जिम्मेवारी पाउन सफल भएको बताईन्छ ।

बाराको विभिन्न नाकाहरुबाट हुण्डी, कपडा, काजु, कस्मेटिक, भैसी, केराउ, काजु, मरिच, कपडा, हार्डवेयर, किनारा लगायतका सामग्रीहरु बारा प्रहरी प्रशासनको सेटिङ्गमा निर्वाध रुपमा नेपाल भित्रिरहेको छ भने नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु भारत गईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहको छ । यस तर्फ नेपाल प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको सचेत नागरिकहरुको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१