Siraha Times
ताजा समाचार

लहानको लक्ष्मण ललिता माध्यामिक विद्यालय स्वर्ण जयन्ती उत्सवको तयारीमा

  • फागुन २३, २०८१
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फागुन २३ । लहान नगरपालिका वडा नं ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह भव्यरूपमा आयोजना गर्ने तयारी गरिरहेको छ। विसं २०३१ मा स्थापित विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम फागुन २४ गते शनिबार विद्यालय प्राङ्गणमा विशेष समारोहका साथ सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर कुमार कुशवाहाका अनुसार हाल विद्यालयमा करिब दुई हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शनिबार हुने समारोहको तयारी अन्तिम चरणमा पुगेको र करिब तीन हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ। विद्यालयका लेखा प्रशासन प्रमुख श्यामसुन्दर महतोका अनुसार कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहने तय भएको छ। समारोहमा प्रमुख अतिथिबाट विद्यालयका संस्थापक दाता स्व. लक्ष्मण मेहताको सालिक अनावरण गरिनेछ। स्वर्ण जयन्ती समारोहको अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ। स्थानीय तथा विद्यार्थी टोलीबाट झाँक्री नृत्य लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने विद्यालय प्रशासनले जनाएको छ। साथै, विद्यालयको विकासमा महत्वपूर्ण योगदान दिएका समाजसेवी, संस्थापक तथा विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

विद्यालय प्राङ्गणलाई हराभरा बनाउने, रङरोगन गर्ने तथा सरसफाइ कार्यहरू अन्तिम चरणमा पुगेका छन्। विद्यालय प्रशासनका अनुसार कार्यक्रमलाई भव्य र सम्झनायोग्य बनाउन विशेष तयारी गरिएको छ। विद्यालयका प्रधानाध्यापक शिव शंकर महतोका अनुसार नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। उनले भने, "स्वर्ण जयन्ती समारोह शनिबार बिहान १० बजे निर्धारित समयमा सुरु हुनेछ। यो विद्यालयलाई अझ समुन्नत बनाउन हामी प्रतिबद्ध छौँ।"

लेखा प्रशासन प्रमुख श्याम कुमार महतोका अनुसार विद्यालय मधेश प्रदेशकै नमुना शिक्षालय बनाउन निरन्तर प्रयासरत छ। उनले थपे, "दाता परिवार तथा सम्पूर्ण शिक्षक टिमको मेहनतका कारण आज विद्यालय चर्चामा आएको छ। आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ।" स्वर्ण जयन्ती समारोह विद्यालयका लागि मात्र नभई सम्पूर्ण शिक्षाप्रेमीहरूका लागि ऐतिहासिक क्षण सावित हुने विद्यालय प्रशासनको विश्वास छ। यस उत्सवले विद्यालयको समग्र विकास र शिक्षा प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१