ताजा समाचार

लागुऔषध सहित दुई जना पक्राउ

  • फागुन १९, २०८१
  • ५५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन १९ । सिरहा जिल्लाको गोलबजार नगरपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले मिति २०८१ फागुन १६ गते राति करिब ८ बजे गोलबजार नगरपालिका–६, कृष्ण मन्दिर नजिक चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गोलबजार–६ निवासी २९ वर्षीय सुवर्ण मणी पाण्डे र सोही ठाउँका ३७ वर्षीय काशि साह रहेका छन्।

प्रहरीका अनुसार सुवर्ण मणी पाण्डे मोटरसाइकल (मधेश प्रदेश ०२–००८ प. ०७३८) मा सवार थिए र काशि साहसँग कुराकानी गरिरहेका थिए। शंका लागेपछि प्रहरीले जाँच गर्दा सुवर्ण मणी पाण्डेको ज्याकेटको दाहिने खल्तीमा सेतो कागजमा बेरिएको १२ वटा स–साना कालो प्लास्टिकका टुक्रामा राखिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त लागूऔषधको तौल १.८४ ग्राम रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट लागूऔषधसहित मोटरसाइकल पनि बरामद गरी प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤