Siraha Times
ताजा समाचार

सालोम सेकेन्ड्री स्कूलद्धारा बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम

  • फागुन १७, २०८१
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १७ फाल्गुन। वीरगंज महानगरपालिका वडा नं. १५ सुर्योदय नगर स्थित सालोम सेकेन्ड्री स्कूल प्लस टु ले बार्षिक खेलकुद मिट तथा सांस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । वीरगंज वडा नं. १६ बाईपास स्थित लक्ष्मी पार्टी प्यालेसमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेशनल एकेडेमी क्याम्पस वीरगंजका डाईरेक्टर बिवेक गुप्ताले विद्यालयले प्रत्येक वर्ष पढाईको साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउदै आएकोमा बधाई सहित धन्यबाद दिएका थिए । यो विद्यालयले करिब डेढ दशक देखि शिक्षा क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको बताउदै विद्यार्थीहरुलाई किताबी ज्ञान सँगै प्रविधिमा आधारित शिक्षातर्फ अग्रसर हुन सुझाएका थिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसियाले यो स्कूलले विद्यार्थीहरुलाई व्यवहारिक र नैतिक शिक्षा दिन अग्रसर हुदै आएकोमा खुशी व्यक्त गर्दै स्कूलले संख्यात्मक भन्दा पनि थप गुणात्मक शिक्षा दिनमा जोड दिएका थिए । हाल स्कूलको व्यवस्थापन राम्रो भएकै कारण विद्यार्थीहरुको संख्या दिन प्रतिदिन बढदै गएको चर्चा गर्दै अभिभावकहरुलाई अधिक भार नपर्ने गरी स्कूलले व्यवस्थापन मिलाउन सुझाएका थिए ।

स्कूलले आयोजना गरेको विभिन्न खेल प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न भेषभुषामा सज्जिएर नृत्य समेत प्रस्तुत गरेका थिए । स्कूलका प्रिन्सिपल दिलिप प्रजापतिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पि.एम.सि. क्याम्पसका डाईरेक्टर प्रकाश यादव, स्कूलका फाईनान्स हेड टेकचन्द्र साह, अभिभावक नन्दु यादव, उमेश गुप्ता, सञ्चारकर्मी रंजित चौरसिया लगायत विद्यार्थी एवं अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण शिक्षक त्रिदेव गिरी र सुलेखा चौधरीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१