Siraha Times
ताजा समाचार

बचहीमा ९ कुण्डीय श्री विष्णु महायज्ञ शुभारम्भ

  • फागुन १७, २०८१
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, फाल्गुण १७ । विश्व शान्ति र कल्याणको कामनासहित नवराजपुर गाउँपालिका, बचही १/३ सिरहामा बाबा रामचलीत्तर दासको अगुवाइमा ९ कुण्डीय श्री विष्णु महायज्ञ विधिवत रूपमा शुभारम्भ भएको छ। यो धार्मिक अनुष्ठान अन्तर्गत १०८ मूर्ती निर्माण, रामायण पाठ, रामनाम संकीर्तन, प्रवचन, रास तथा अन्य धार्मिक कार्यक्रमहरू समावेश गरिएका छन्। आज, फाल्गुण १७ गते शनिवार कलश शोभायात्रा भव्य रूपमा निकालिएको छ भने फाल्गुण १८ गते आइतवारदेखि विधिवत रूपमा यज्ञ शुभ प्रारम्भ भएको छ।

यस धार्मिक महोत्सवलाई सफल बनाउन नवराजपुर गाउँपालिकाले विशेष सहयोग गरेको छ। गाउँपालिकाले नगद ५ लाख रुपैयाँ सहयोग प्रदान गर्नुका साथै स्रोत साधन तथा जनशक्तिको व्यवस्था समेत गरेको छ। महायज्ञमा सहभागी भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पालिकाले एम्बुलेन्स सेवाको समेत व्यवस्था गरेको छ। कलश शोभायात्राका क्रममा विशेष निगरानीका लागि पालिकाको एम्बुलेन्स परिचालन गरिएको थियो।

महायज्ञलाई प्रभावकारी बनाउन नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले प्रमुख भूमिका निभाउनु भएको छ। उहाँले धार्मिक गतिविधिले समाजमा शान्ति, समृद्धि तथा भाइचारा वृद्धि हुने बताउँदै, स्थानीय तथा समस्त श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी भई पुण्य लाभ आर्जन गर्न आग्रह गर्नुभएको छ। यो महायज्ञले धार्मिक आस्थाको अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायमा एकता, सामाजिक सद्भाव र परोपकारको भावना सृजना गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१