Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना

  • फागुन १४, २०८१
  • १४६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन १४ । सिरहाको नवराजपुर गाउँपालिका-४, नवराजपुर स्थित प्राथमिक उपचार केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ। आज एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष शिव उदगार यादव र जग्गादाता राम औतार यादव ले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरे। सर्पदंशको उपचार समयमा नपाउँदा प्रत्येक वर्ष यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको थियो। अब, यस केन्द्र सञ्चालनमा आएसँगै सर्पले डसेका बिरामीलाई लहान वा चोहर्वा लैजानुपर्ने बाध्यता हट्नेछ, जसले अकाल मृत्युको जोखिमलाई कम गर्नेछ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादव का अनुसार गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुने यो केन्द्रले आधुनिक उपचार सेवा उपलब्ध गराउनेछ। कार्यक्रममा प्राथमिक उपचार केन्द्रका दौरिक लाल कामती, नवराजपुर गाउँपालिका-२ का वडा अध्यक्ष सुरेश कुमार यादव लगायत जनप्रतिनिधिहरू, स्थानीयबासी तथा समाजसेवीहरूको उपस्थिति थियो। स्थानीयले यो केन्द्र स्थापनाले ठूलो राहत मिल्ने बताउँदै यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

जग्गादाता राम औतार यादव ले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरे। समयमै उपचार, अकाल मृत्युको अन्त्य हुने आशा यस क्षेत्रका स्थानीयवासी वर्षेनी सर्पको डसाइका कारण अकालमै ज्यान गुमाउँदै आएका थिए। समयमै उपचार नपाएर गम्भीर समस्या आउने गरेको अवस्थामा नयाँ सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै बिरामीलाई लहान वा चोहर्वा लैजानुपर्ने बाध्यता हट्नेछ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादव का अनुसार गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुने यो केन्द्रले स्थानीयवासीलाई सहज, छिटो र भरपर्दो उपचार सेवा प्रदान गर्नेछ। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि जग्गा दान गरेका राम औतार यादव ले सरकारले बजेट विनियोजन गरी उक्त केन्द्रलाई आफ्नो नाममा नामकरण गरेमा थप जग्गा दान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। "सरकारले मेरो नाममा नामकरण गरेपछि जति जग्गा दिनुपर्‍यो, पछि हट्ने छैन," उनले भने।

कार्यक्रममा प्राथमिक उपचार केन्द्रका दौरिक लाल कामती, नवराजपुर गाउँपालिका-२ का वडा अध्यक्ष सुरेश कुमार यादव लगायत स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू तथा स्थानीयबासीहरूको उत्साहजनक उपस्थिति थियो। स्थानीयले सर्पदंश उपचार केन्द्र स्थापनाले समुदायलाई ठूलो राहत पुग्ने भन्दै सेवा प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१