ताजा समाचार

निबन्ध प्रतियोगितामा मेराजुल अन्सारी प्रथम स्थान हासिल

  • फागुन १२, २०८१
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, फागुन १२ । लहान प्राविधिक शिक्षालयद्वारा आयोजित निबन्ध प्रतियोगितामा श्री लक्ष्मी ललिता कुशवाहा माध्यमिक विद्यालय, रधुनाथपुर, लहान-३ का कक्षा १० का विद्यार्थी मेराजुल अन्सारी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उत्कृष्ट लेखनशैली, सिर्जनात्मकता र विषयको गहिरो समझका आधारमा मेराजुल अन्सारीलाई प्रथम घोषित गरिएको हो। प्रतियोगितामा उत्कृष्ठ स्थान प्राप्त गरेपछि विद्यालय परिवारले मेराजुल अन्सारीलाई बधाई ज्ञापन गर्दै उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूले मेराजुलको सफलता विद्यालयकै लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमका आयोजक लहान प्राविधिक शिक्षालयका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनतर्फ अभिप्रेरित गर्नु तथा उनीहरूमा वैचारिक क्षमताको अभिवृद्धि गर्नु रहेको थियो। मेराजुल अन्सारीले आफ्नो सफलता विद्यालयका शिक्षकहरूको मार्गदर्शन, परिवारको समर्थन र आफ्नो मेहनतकै परिणाम भएको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि यस्तै प्रतियोगिताहरूमा सहभागी भई अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालय परिवारका तर्फबाट मेराजुल अन्सारीलाई पुनः हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤