ताजा समाचार

वडा अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा शिवालयको उद्दघाटनसहित कलश यात्रा

  • फागुन १२, २०८१
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,फाल्गुन १२ । सिराहा जिल्लाको धनगढीमाई १३ ढुंगाना टोलमा निर्माण सम्पन्न गरिएको शिवालयको उद्दघाटन वडा अध्यक्ष सूर्यमान तामाङ र नगरप्रमुख शिवशङ्कर महतोले संयुक्त रूपमा गर्नु भएको छ । वडा अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा शिवालय मन्दिर परिसरमा रहेको ट्रस्ट भवनको उद्घघाटन पद्मोदय फाउन्डेसनका अशोक खड्काले गर्नु भएको छ ।

आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा श्रद्धालु भक्तजनहरूको ठूलो सहभागिताका बीच आयोजित कार्यक्रममा कलश यात्राको आरंभ गरी धनगढीमाई १३ परेवाभिर स्थितको देवी मन्दिर एरियाबाट जल भर्दै वडाको परिक्रमा गरी कलश यात्रा शिवालयमा आई टुंगिएको थियो ।

संक्षिप्त कुराकानीमा वडा अध्यक्ष सूर्यमान तामाङले धनगढीमाई १३ धार्मिक सांस्कृतिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण स्थान भएकोले यसको बृहत्तर विकासमा आफू लागेको भन्दै आजको कलश यात्राले स्थानिय निर्माणाधीन देवी मन्दिर परिसरसम्म आयोजना गरेको कलश यात्राले आम भक्तजनलाई अझ परिचित गराएको बताएका छन । शिवालयमा स्थापना गरिएको शिवलिङ्ग स्थानिय सर्युग शाहले स्थापना गर्नु भएको छ भने शिवालय धनगढीमाई १३ वडा कार्यालयको बजेटबाट निर्माण सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤