Siraha Times
ताजा समाचार

नगर प्रमुख महेश प्रसाद चौधरीलाई बेतहा र भसुवा टोलमा भव्य स्वागत तथा सम्मान

  • फागुन १२, २०८१
  • ६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, फाल्गुन १२ । लहान नगरपालिका वडा नम्बर १५ र १६ अन्तर्गत पर्ने बेतहा र भसुवा टोलमा आयोजित एक शैक्षिक कार्यक्रममा नगर प्रमुख महेश प्रसाद चौधरीलाई भव्य स्वागत तथा सम्मान गरिएको छ । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले चालेका कदमहरूको प्रशंसा गर्दै सहभागीहरूले नगर प्रमुख चौधरीलाई फुलमाला र अबिरले सम्मान गरेका थिए । स्थानीय विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत गर्दै प्रमुख अतिथिलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख चौधरीले शिक्षा नै समृद्धिको आधार भएको उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा शिक्षाक्षेत्र सुधारका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षाको अभिवृद्धिका लागि विभिन्न योजनाहरू अघि बढाइरहेको उनले जानकारी गराएका थिए । स्थानिय अभिभावक र शिक्षकहरूले शिक्षाको विकासका लागि नगरपालिकाले देखाएको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दै अझ प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनका लागि आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक संघका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । नगरपालिकाको नेतृत्वमा आगामी दिनमा शिक्षाक्षेत्रमा हुने सुधारका लागि स्थानीयवासीहरूले उत्साह व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तराईमा जुडशीतलको उल् ...

​विनोद अविरल/ सिराहा वैशाख २ । तराई-मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ म ...

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१