Siraha Times
ताजा समाचार

विकासलाई विनाशको अफवाहबाट जोगाउन आग्रह : मेयर महेश प्रसाद चौधरी

  • फागुन ९, २०८१
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, फागुन ९ । लहान नगरपालिका–१२ स्थित श्री पडरिया माध्यमिक विद्यालयमा दुई तल्ले विद्यालय भवनको शिलान्यास गरिएको छ। नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षा र विकासलाई सकारात्मक सोचसहित अघि बढाउनुपर्ने धारणा व्यक्त गरियो। शिलान्यास कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले मेयर चौधरीलाई सम्मान गरेका थिए।

चौधरीले सार्वजनिक पदमा रहनेलाई शैक्षिक संस्थामा शैक्षिक विकासका लागि जिम्मेवार हुनुपर्ने बताए। साथै, विकासलाई विनाशको अफवाहबाट जोगाउन आग्रह गरे। लहान नगरपालिकाको लगानीमा निर्माण हुन लागेको उक्त विद्यालय भवनको कुल अनुमानित लागत रु. ८५,९१,३२४/१२ रहेको छ, भने सम्झौता रकम रु. ५५,९६,४६१/६० रहेको छ।

निर्माण कार्यका लागि Roshan Raju Construction, Consultancy and Suppliers, Kathmandu सँग सम्झौता गरिएको छ। नगरपालिकाले आयोजनालाई LMUN/EDU/W/NCB/01/081-082 नम्बर प्रदान गरेको छ। सम्झौता मिति २०८१ माघ १३ रहेको छ भने भवन निर्माण कार्य २०८२ जेठ ३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय अभिभावकहरूले नयाँ भवनले विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१