ताजा समाचार

नेत्री रीता यादवको मातृशोक, ९० वर्षीया आमाको निधन

  • फागुन ५, २०८१
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मधेस प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ सिरहा लहानका सदस्य रिता यादवकी आमा राम रति देवी यादवको ८७ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो २२ वर्षदेखि धार्मिक महिला रूपमा सक्रिय रहँदै आएकी मृतक यादव सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका-१, मलहनियाँ बरकीटोलकी स्थायी बासिन्दा थिइन्। स्वर्गीय बेचन यादव दासको धर्मपत्नी रहेकी राम रति देवीका पति बेचन यादवको करिब २१ वर्षअघि नै निधन भइसकेको थियो। स्थानीय राम जानकी मन्दिरको संरक्षण तथा धार्मिक कार्यमा संलग्न रहँदै आएकी यादव करिब एक वर्षदेखि अस्वस्थ थिइन्।

दीर्घरोगका कारण थलिएकी उनलाई परिवारजनले लामो समयसम्म उपचार गराए पनि स्वास्थ्य लाभ हुन सकेन। उनको निधनले गाउँ नै शोकमग्न बनेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि गाउँले, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू राम जानकी मन्दिर परिसरमा भेला भएका थिए। मन्दिरको पूजारीको निधन भएको केही समयमै स्थानीय एक धार्मिक महिलाको निधन हुँदा गाउँमा शोकको वातावरण छाएको छ। मृतक यादवको पार्थिव शरीरलाई राम जानकी मन्दिरसँगै रहेको पोखरीको डिलमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। जेठो छोरा राम नारायण यादव अधिन्धरले दागबत्ती दिएका छन्।

राम रति देवी यादवकी चार छोरा राम नारायण यादव अधिन्धर (पूर्व वडा अध्यक्ष हुन्), सत्यनारायण यादव, बिरेन्द्र कुमार यादव, र स्वर्गीय उपेन्द्र यादव छन् भने चार छोरी इनर देवी यादव, सुन्दर देवी यादव,रिता देवी यादव,र स्वर्गीय गीता देवी यादव रहेका छन्।परिवार शैक्षिक र आर्थिक रूपमा सम्पन्न मानिन्छ। आमाको निधनले प्रदेश सदस्य रिता यादव र पूर्व वडा अध्यक्ष राम नारायण यादव गहिरो शोकमा छन्।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤