Siraha Times
ताजा समाचार

गम्भीर राजनीतिक दुर्घटनाको संकेत, प्रधानमन्त्रीले प्रचण्डमाथि ‘एक्सन’ लिनसक्ने

  • असार ७, २०७६
  • ८१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असार ४ । मुलुकमा गम्भीर राजनीतिक परिवर्तनको संकेत देखा परेको छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीचमै शंका उपशंका बढ्नुकासाथै एक अर्कालाई भित्रभित्रै सिध्याउने खेल सुरु भएपछि राजनीतिक दुर्घटना आंकलन गरिएको हो । विश्वस्त श्रोतका अनुसार बुधवार काठमाडौंमा गुठी विधेयकविरुद्ध भएको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग रुष्ट भएका छन् । प्रदर्शनमा पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तासमेत सहभागी भएपछि ओली प्रचण्डसंग चिढीएका हुन् । आफनै पार्टी भित्रबाट असहयोग भएपछि रन्थनिएका प्रधानमन्त्री ओलीले यसअघि वरिष्ठ नेता माधव नेपाललाई आफूलाई सहयोग नगरे पार्टी एकता पनि अघि नबढ्ने र संसद् पनि भंग हुनसक्ने चेतावनी दिएका थिए । 


अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. सशांक कोइराला लगायत नेताहरुसंग  बाक्लो भेटघाट भैरहेको सूचना पाएपछि प्रधानमन्त्री ओली सशंकित भएका छन् । उनले यी दुई विषय उठाएर प्रचण्डमाथि एक्सन लिनसक्ने बताइएको छ । यो विषयमा बुधवार बिहान र दिउँसो पटक–पटक ओली र दाहालबीच छलफल भएको थियो । जति छलफल भएपनि त्यो मन माझ्नु भन्दा पनि रणनीतिक चालका रुपमा मात्र देखिन थालेको छ । यसअघि आफू स्वीटजरल्याण्डको भ्रमणमा हुँदा भेनेजुएला प्रकरण र भारतमा हुँदा ५ बुँदे सम्झौताको विषय उछालेर आलोपालो प्रणालीका नाममा सत्ताको सौदावाजी गर्न खोजेको भन्दै ओली प्रचण्डसंग आक्रोशित भएका थिए । 


मंगलबार प्रतिनिधिसभा बैठकमा बिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री ओली निराश भएर फर्किदै गर्दा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । यसअघि नेपाल आजसंग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवम सभापति देउवाका विश्वासपात्र मीन विश्वकर्माले प्रचण्डले ओली भन्दा देउवा काम गर्न सहज भनेर आफूहरुसंग भन्ने गरेको खुलासा गरेका थिए । यसले पनि ‘दाल मे कुछ काला हे’ भन्ने कुरा पुष्टि भएको छ । बुधवारको प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि फेसबुकमा राजनीतिक परिवर्तनको संकेत गर्दै स्ट्याटस लेखेका छन् :copy nepal aaja

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१