Siraha Times
ताजा समाचार

दलित समुदायलाई नगर प्रमुख चाैधरीद्वारा कम्बल बितरण

  • माघ ७, २०८१
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ माघ। सिरहाको लहान नगरपालिकाको सहयोगमा चिसाेबाट बच्नका लागी नगरका ८० जना अतिबिपन्न दलित गरीब परिवारहरुलाई नगर प्रमुख महेश प्रसाद चाैधरीले नागरीकको घरदैलोमा पुगेर न्यानो कम्बल वितरण गरेकाे छ । विहानै हुस्सु लागेकै बेला मेयर चौधरी वडा नम्बर ११ र १४ काे दलित बस्ती पिडरबोनीमा राम समुदायलाई ८० थान कम्बल वितरण गरेका हुन् ।

चिसाे र शीतलहरको कारण हाम्राे नगरका काेही प्रभावित नहाेस् अभियान अन्तरगर्त कम्बल र दाउरा वितरण गरिरहेकाे नगर प्रमुख चौधरी बताए। सोही क्रममा त्यही गाउँका आर्थिक अभावका कारण बिच्च्लीमा परेका स्व. फुलगेन महतोको परिवारलाई १ सय किलो चामल, १५ किलो दाल र ५ लिटर खाने तेल घरमै पुगेर मेयर चौधरीले हस्तान्तरण गरेका छन।

शितलहरको समयमा समस्यामा रहेका महतो परिवार खुशीले गदगद हुदै नगर प्रमुख चाैधरीलाई अभार व्यक्त गर्नुको साथै धन्यवाद समेत दिएका थिए। सन्चारकर्मी संग छोटो कुराकानी गर्दै मेयर चौधरी लहान नगर क्षेत्र भित्र धेरै गरीब नागरिक रहेको मैले संगीता फाउन्डेसन द्वारा राहत बितरण गर्ने समयमा धेरै पहिला नै देखेको थिए र कोरोनाको समयमा पनि देखेको थिए बताएका हुन।

उहाँ अगाडी थप्दै म मेयर हुनु भन्दा पहिला नै यी गरीबहरुको पिडालाई नजिक बाट हेरेको छु तर अब यीनै गरीबका मत पाएर स्थानीय सरकारको प्रमुख भएर जन्ता माझ आएको छु म यी निमुखा जन्तालाई कसरी भुल्न सक्छु बताउदै मेयर चौधरीअगामी दिनहरुमा यस प्रकारको सहयोग अभियान जारी रहने प्रतिबद्धता समेत जाहेर गरेका हुन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१