Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिका वडा न. ८ मा स्वीटर वितरण

  • माघ ७, २०८१
  • ६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, ०७ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा आज विभिन्न बिधालयहरुमा ५ सय स्वीटर वितरण कार्यक्रम सप्पन्न गरेको छ । सुरुङ्गा नगरपालिका वडा न. ८ को वडा अध्यक्ष श्याम प्रसाद साह्को अध्यक्षता तथा सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको प्रमुख आतिथ्यमा सुरुङ्गा नगरपालिका ८ सप्तरीको श्री माध्यमिक बिद्यालय मलहनमा शितलहर तथा चिसोबाट बाच्न र सधै विद्यार्थीहरुलाइ बिद्यालय आउन जनप्रतिनिधिहरुको रोहबरमा २ सय पचास जना विद्यार्थीहरुलाई मेयर चौधरीबाट स्वीटर बितरण गरेको कुरा कार्यक्रम संचालक ८ न. वडाको वडा सचीव सन्तोष कुमार चौधरीले जनाएको छ।

श्री राष्ट्रिय आधारभूत बिद्यालय महुलिया सप्तरीको १ सय पचपन बिद्यार्थीहरुलाइ र मुसहर्निया आधारभूत बिधालय सम्सेरपुरको ९५ बिद्यार्थीहरुलाइ जम्मा ५०० स्वीटर सुरुङ्गा नगर पालिकाको सहयोग तथा सुरुङ्गा नगरपालिका ८ न. वडा कार्यलय मलहनमाको आयोजनामा बितरण गरेको कुरा आयोजक श्याम प्रसाद साहले बताए। कार्यक्रममा बिशिस्ट अतिथी सु. न. पा. को प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवान , बि. ब्य. स. अध्यक्ष बालक दास चौधरी, बिद्यालयको प्रधानाध्यापक राम कुमार महरा, जिन्सी शाखा प्रमुख राज कुमार यादब, शुभ नारायण चौधरी शिक्षक शिक्षिकाहरु,वडा सदस्यहरु , अभिभावकहरु तथा तीनवटै बिधालयको प्र. अ. बि. ब्य. स. को अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१