Siraha Times
ताजा समाचार

लहान नगरपालिकाले चिसोबाट बच्नका लागि ठाउँ-ठाउँमा बाल्यो आगो

  • पुस २४, २०८१
  • १२०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,पुस २४ । हिजोदेखि एकासी शीतलहर र चिसो बढेपछी नगरका जनजीवन प्रभावित भएकोप्रति नगर प्रमुखको ध्यानाकर्षण भएको छ र यस विकट घडीमा लहान नगरपालिकाले आफ्ना नगरबासीलाई राहत प्रदान गर्न ट्राक्टर भरि दाउरा लिएर आफैँ गएर नगरको ठाउँ-ठाउँमा आगो बालेको छ। नगरपालिकाको यो कदमले खासगरी चौक तथा खुला ठाउँमा बसोबास गर्न बाध्य व्यक्तिहरूलाई चिसोबाट जोगाउन सहयोग पुर्‍याएको छ।

मेयर महेश चौधरीका अनुसार, नगर क्षेत्रका मुख्य चौक, बसपार्क, र मानिसहरूको चहलपहल हुने सार्वजनिक स्थानहरूमा आगो बाल्ने व्यवस्था गरिएको छ। नगर प्रमुख चौधरीले भने, “नगरबासीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर हामीले यो पहल गरेका हौं। चिसोका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”नगरपालिकाले बाल्ने दाउराको आपूर्ति सुनिश्चित गर्न स्थानीय स्रोतहरूको परिचालन गरेको छ। प्रत्येक स्थानमा नगरपालिकाका कर्मचारी र स्वयंसेवक परिचालित छन्। उनीहरूले आगोको व्यवस्थापनसँगै, स्थानीय बासिन्दालाई चिसोबाट बच्ने उपायबारे जानकारी पनि दिइरहेका छन्।

नगरपालिकाको यो कदमप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। “चिसोले निकै समस्या भएको थियो आगोको व्यवस्थाले निकै राहत मिलेको स्थानीयले बताउछ छ । नगरपालिकाको यो प्रयासले नगरबासीको जनजीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। मेयर चौधरीले यस अभियानलाई सफल बनाउन सबै नगरबासीलाई सहकार्य गर्न आह्वान गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१