Siraha Times
ताजा समाचार

किशोरीहरुको अगुवाइमा लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता

  • पुस ११, २०८१
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान सिरहा, पुष ११ । सिरहाको गोलबजारमा हानीकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह विरुद्धको रयाली तथा कोणसभा कार्यक्रम नगर स्तरीय किशोरी सञ्जालको अगुवाइमा, गोलबजार नगरपालिका वडा नं ९ डण्डाको आयोजना र मुक्ति नेपालको समन्वय र सहकार्यमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रम गोलबजार नगरपालिका वडा नं ९ का वडा अध्यक्ष श्री सुरेन्द्रकुमार सिंह ज्युको अध्यक्षतामा, वडा स्तरीय सरोकारवालाहरू जनप्रतिनिधि, कार्य पालिका सदस्य , पार्टी प्रतिनिधि, राजनैतिक दल, समाजसेवी, युबा महिला पुरुष , किशोर किशोरीहरु लगायत जम्मा १०७ जनाको सहभागितामा हानीकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह विरुद्धको रयाली प्रभावित बस्ती को परिक्रमा तथा कोणसभा गरी समापन गरीएको थियो ।

गोलबजार नगर स्तरयि किशोरी संजालकी सपना कुमारी पासमान भन्नु हुन्छ, हानिकारक परम्परागत अभ्यासलाई अन्त्यका लागि सामुदायका सबै सरोकारवाला तथा अभिभावहरुले अपनत्व लिई रोकथाममा पहल गर्नु पर्छ । किनकी बालविवाहले महिलामा प्रजनन स्वास्थ्यमा असर पर्छ सानै उमेरमा विवाहले शिक्षाबाट बञ्चित भएको हुन्छ र हामी जस्तो किशोरीहरुको जिवन नै खराब हुन्छ । त्यसैले बालविवाह गर्नु हदैन बालविवाहले समाजमा लैंगिक हिंसाका घटनाहरु वढने गर्दछ समाजमा नराम्रो असर पर्छ । बालविवाह लाई सबै मिलेर रोक्नु पर्छ । हामी सवै किशोरीहरुले पनि बालविवाह तथा लैंगिक हिंसा बिरुद्ध आवाज उठाउनु पर्छ तथा बालविवाह र लैंगिक हिंसालाई प्रतिकार गर्नु पर्छ ।

त्यस्तै जनता चेतनशिल बाल क्लबका अध्यक्ष प्रमानन्द कुमार महतो भन्छन् लैगिक हिंसा तथा बालविवाह सम्बन्धी विद्यालयहरुमा कार्यक्रम संचालन गर्नुपर्छ । साथै अबका दिनहरुमा किशोरकिशोरीहरुले शिक्षामा जोड दिनुपर्छ सबै शिक्षित भएपछि लैंगिक हिंसा तथा बालविवाह बहुविवाहका घटनाहरु एकदमै कम हुदै जान्छ । कार्यपालिका सदस्य सनेचरी देवी महरा भन्नु हुन्छ, किशोरकिशोरीहरुको आमावुवाले सबैलाई समान रुपले विद्यालयमा अध्ययनका लागि पठाउनु पर्छ अनि छोरा छोरीहरुको बिच विभेद गर्नु हुदैन , दाईजो को सटामा छोराछोरीको शिक्षामा लगानी गर्नुपर्छ सबै अभिभावकहरुसंग अनुरोध छ की बालविवाह नगरी शिक्षाका लागि विद्यालयमा पठाउनु र निगरानी गर्नु आफ्नो कर्तव्यपूरा गर्नुसबैमा जनचेतान हुनु पर्नेछ । 

त्यस्तै हानिकारक परम्परागत अभ्यास परिवर्तनका लागि आफ्नै घरबाट शरु गर्नु पर्छ । साथै आजको समस्याहरु बालविवाह, बहुविवाह,बोक्सी आरोप, घरेलु हिंसा, लैंगिक हिसा रोकथामका लागि कानूनको भन्दा व्यवहारमा कार्यान्वन गर्नु पर्छ । सबैले आ आफ्नो स्थानबाट पहल गर्नु जरुरी छ । किशोरीहरु आफू खूशि हिडने सानैमा विवाह गरेर भाग्ने गरिन्छ भन्ने डरले अभिभावहरु छोरीलाई सानैमा विवाह गरीदीने गर्दछ त्यो समाधान छैन । समाजिक सोचमा साकारात्मक परिवर्तन गर्नुपर्छ ।

राजनैति दलका प्रतिनिधि, विष्णु देव मण्डलको भनाइ थियो भने वडा अध्यक्ष श्री सुरेन्द्र कुमार सिंहले भने लैंगिक हिंसा तथा बालविवाह रोकथाममा सर्व प्रथम अभिभावक तथा किशोरकिशोरीहरुलाइ सचेत हुनु जरुरी छ । विकास निर्माणका साथै मानवी विकास हुनू अति नै जरुरी छ । जनचेतनाको कमी , शिक्षाको कमीले हानिकारक परम्परागत अभ्यासको निरन्तरता रहेको देखिन्छ । यसलाई रोकथामका लागि नेपाल सरकारले कानूनु बनाएको छ तर कार्यन्वयनको प्रभावकारीकता देखिएको छैन त्यसैले यसको कार्यन्वयनमा पनि हामी सबै मिलेर लागनु पर्दछ । त्यसका लागि आफू सचेत हूनु शिक्षित हुनु आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१