Siraha Times
ताजा समाचार

महिला किसान सम्मेलन एवं प्रदेश स्तरीय सिकाय शिविर चन्द्रपुरमा सम्पन्न

  • पुस ६, २०८१
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ पुस महिला किसान मधेश सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर ४ र ५ पुसमा चन्द्रपुर राैतहटमा सम्पन्न भएको लक्ष्मी भण्डारीले जनाएका छन। कार्यक्रममा मधेश प्रदेशका जिल्लाका राष्ट्रिय कृषक समूह महासंघ, नेपाल पालिका कार्यसमिति एवं विभिन्न प्रदेशका साथै राष्ट्रिय कार्यसमिति बाट २५ भन्दा बढी महिलाको सहभागतिा रहेको थियो । महासंघले पैरवी गर्दै आएका सवाल एवं सवाल उठानमा महिलाको अगुवाई क्षमता विकास गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको हो।

 राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र VSO Nepal विच सहयोगमा सुर्खेत, बारा र रौतहट जिल्लामा ACTIVE परियोजना मार्फत पर्यावरणीय कृषिको प्रवद्र्धन एवं खाद्य प्रणाली स्थानीयकरण अभ्यास संचालनमा रहेकाे समेत भण्डारीले बताएका हुन। बिगत लामो समय देखि राष्ट्रिय कृषक समुह महासंघले बिभिन्न दातृनिकाय संगको सहयोगमा कृषि क्षेत्रमा ठुलै योगदान दिइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१