सिरहाका अग्नि पिडितलाई सरोकारवालाको राहत सामग्री हस्तान्त्रण

  • पुस २, २०८१
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान् २ पुस सिरहाको नवराजपुर गाउँपालिका १ ढेकहामा रबी यादव सहित ५ जनाको घरमा केही दिन अगाडी विजुलीको तार सर्ट भई आगलागी घट‌नामा परेर रबी यादवको घरमा पुर्ण क्षति भए‌को थियो भने बाँकी चार जनाको घरमा आंशिक क्षति भए‌को थियो। 

घटनाको उचित छानविन गरी आज बिपत ब्यबस्थापन समितिका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी बासुदेव दहालको नेतृत्वमा नेपाल प्रहरीको निरीक्षक (SP) रमेश पन्डित, शसस्त्र प्रहरी बलको निरीक्षक (SP) नरेश भण्डारी, रेडक्रस सोसाइटी सिरहा शाखा सभापति राजदेव यादव लगायत नवराजपुर गा. पा.अध्यक्ष शिव उद्‌गार यादव सहित स्थानीय सरकारको प्रतिनिधिहरु, स्थानीय बुद्धिजिवि, नागरिक समाज अन्य सुरक्षाकर्मि पद‌ाधिकारी पत्रकार सम्पुर्णको उपस्थितिमा राहत सामग्री अग्नि पिडितहरुलाई हस्तान्त्रण गरिएको हो। 

राहत सामग्रीहरु खाधान, लताकपडा, भाडावर्तन र त्रिपाल रेडक्रस सोसाइटी सिरहा शाखावाट वितरण भए‌का छन भने पूर्ण क्षति भएकालाई रु १५ हजार, आंशिक क्षति भएकालाई रु ७ हजार पाँच सय र कम क्षति भएका पिडितलाई रु ५ हजार जिल्ला प्रशासन कार्यालय बाट नगद स्वरूप वितरण गरिएको हो भने रेडक्रस उपशाखा नवराजपुर द्वारा प्रति परिवार एक एक बोरा चावल समेत बितरण गरिएको हो। दुई दिन अगाडी घटनाको विवरण आउन साथ गा.पा.अध्यक्ष शिवउदगार यादव सहित अन्य जनप्रतिनिधिहरु अग्नि पिडित‌को घरमै पुगेर केही राहत सामग्री हस्तान्त्रण गरेका थिए भने घर निर्माण गर्न स्थानीय सरकार पछि नहटने गा.पा. अध्यक्ष यादवले बताएका छन। 

अग्नि पीडित रबी यादव सहित पाँचै जना घरपरिवार निकै गरीब रहेको छा ज्याला मजदू‌री गरी जिवन यापन गरि रहेका उक्त पाँचै घर‌धुरीमा अहिले जाडोको वेला ठूलो बज्रपातभएको छ। तल काठ बास खरको टाटी र माथी टिनाको छाप्रो भए‌को फुसको घरहरु पुर्ण रुपमा जलेर नष्ट भैसकेका छन भने उक्त घरमा भएका सम्पुर्ण चिज पनि सखाप भैसकेको छ। अहिले कठ्याङ जाडोको मौसममा अग्नि पिडितहरु पाल तानेर गुजारा गरिरहेका छन ।

May be an image of 5 people

अझ पनि ती परिवारहरुको हरिविजोग रहेकोले पिडितहरु विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग हारगुहार गरि रहेको अवस्था छ। आजको कार्यक्रममा भरपुर सहयोग १न. वाडाअध्यक्ष नविन यादव र २ न. वाडाअध्यक्ष सुरेश यादवले गरेका थिए भने समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय महेशवारी प्रमुख सै रामएकवाल यादवको रहेको थियो।

May be an image of 7 people, car and text

May be an image of 4 people

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१