Siraha Times
ताजा समाचार

सिराहा सेवा समाज कतारको नवौ अधिवेशन शुक्रबार हुँदै

  • मंसिर २६, २०८१
  • ९२८ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा:-सिराहा सेवा समाज कतारको नवौ अधिवेशन तथा विविध संस्कृतिक कार्यक्रम अगामी शुक्रबार डिसेम्बर १३मा हुने भएको छ ।

अधिवेशन सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा हुने संस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।कतारमा नेपाली सामाजिक संस्थाहरु मध्ये मधेश प्रदेशको जेठो संस्थाको रुपमा स्थापित सिरहा सेवा समाज कतारको आठौ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्दै नवौ अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कार्यवाहक अध्यक्ष जयप्रकाश यादवले बताए।

सिराहा सेवा समाजको चाहना, सभ्य, समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै नवौ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला सिराहा र कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको बताए।

कतारमा विभिन्न पेसामा आवद्ध रहेका सिरहालीहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको नवौ अधिवेशनको अन्य व्यवस्थापकीय तयारीमा जुटेको हुँदा कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अध्यक्ष यादवले अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१