Siraha Times
ताजा समाचार

कतारमा ३८ वटा मधेसी संघ संस्थाहरुको संयुक्त शुभकामना अदान प्रदान सम्पन्न

  • कार्तिक २४, २०८१
  • १२९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल  राम

दोहा :- कतारमा स्थापित मधेसी तथा विभिन्न ३८ वटा संघ संस्थाको संयुक्त आयोजनामा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एव भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा आयोजक संस्थाहरु मध्ये मधेशी एकता समाज कतारका अध्यक्ष शिव कुमार महतोको सभाप्तित्वमा तथा धनुषा सेवा समाज कतारका अध्यक्ष मोहम्मद जमिर नदाफको संयोजकत्वमा सप्पन्न भएको छ।नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यता रहेका थिए। साथै, विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधिहरु विशिष्ट ,कलाकार, पत्रकारहरू, समाजिक अभियान्ता लगायतको उपस्थिति पनि उल्लेखनीय रहेको थियो, जसले कार्यक्रमको गरिमालाई अझै बढाएको थियो।

नेपाली राष्ट्रिय गानको धुन बजाएर सुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरु प्रती तथा भर्खरै स्वर्गवास भएकी गायिका शारादा सिन्हालाई स्मरण गरि एक मिनेट मौन धारण गरिएको थियो।सर्लाही प्रवासी सेवा समाज कतारका अध्यक्ष प्रकाश आले मगरले स्वागत मन्तव्य राखी उपस्थित सम्पूर्णलाई स्वागत गरिएको थियो भने यस्तै चन्द्र मोहन झाले छठ पर्वको बारेमा विशेष चर्चा गरेका थिए।

अन्तर्राष्ट्रिय स्तरमा मैथिली संस्कृतिको प्रवर्द्धन र मधेसी समुदायको पहिचानलाई बलियो बनाउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरूले दीर्घकालीन प्रभाव छाड्ने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि राईले चाडपर्वको शुभकामना दिएका थिए।

कार्यक्रममा मधेसी समुदायको पहिचान झल्काउने मैथिली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस अवसरमा विभिन्न कलाकारहरूले परम्परागत मैथिली गीत, नृत्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा उपस्थित दर्शकहरूको मन जित्यो। यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय मञ्चमा मैथिली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय मिथिला कला परिषद कतारको ग्रुपले प्रस्तुत गरेको नृत्यले कार्यक्रमको आकर्षणलाई अझै बढायो। कलाकारहरूको प्रस्तुतिले परदेशमा रहेका नेपाली तथा मधेसी समुदायलाई घरदेशको झल्को दिलाएको थियो। सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै नेपाली पर्वहरूको उल्लास परदेशमै अनुभव गरेका थिए।

मधेश प्रदेश समन्वय परिषद कतारका महासचिव तेजिलाल मण्डल, इसिलाल पण्डितले सहजीकरण गरेको कार्यक्रमलाई समपन्न गर्दै सभापति महतोले कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक भौतिक साथ सहयोग गर्ने तथा सभाहलमा उपस्थित सम्पुर्णलाई नेपाली चाडकाडको शुभकामना सहित धन्यवाद प्रकट गरे।

 आयोजक संस्थाहरु:-

१.मधेस प्रदेश समन्वय परिषद कतार २.सिरहा सेवा समिति कतार ३.धनुषा सेवा समाज कतार ४.महोत्तरी समाज सेवा कतार संस्था ५.सर्लाही प्रवासी सेवा समाज ६.बारा आदर्श समाज कतार  ७. मधेशी एकता समाज कतार ८.नेपाली धानुक समाज कतार ९.नेपाली धानुक सेवा समाज कतार १०.प्रवासी कुशवाहा कल्याण समाज कतार ११.जय माँ जानकी समाज सेवा  १२.दाइजो मुक्त अभियान नेपाल १३.यादव सेवा समाज कतार १४.समाज कल्याण सरोज राय अभियान १५.अन्तर्राष्ट्रिय मिथिला कला परिषद १६.बालासुन्दरी समिती कतार १७.हनुमान अराधना मन्डली १८.हाम्रो खोज खबर १९. राष्ट्रिय हरियाली उदेश्य को लागि मधेसी संगठन २०.सिरहा सेवा समाज कतार २१.मधेश युवा संघ कतार २२.धनगढी माई युवा संजाल २३.जय माँ राजदेवी सेवा समाज २४.मडै सेवा समाज कतार २५.प्रदेशी युवा समाज कपटौल २६.रबि दास सेवा समाज २७. नाइँ सेवा समाज कतार २८. राम जानकी युवा क्लब दुबरकोट २९. ठाढी समाज सेवा प्रवास ३०. राष्ट्रिय मुस्लिम परिषद नेपाल ३१. दलित युवा एकता समाज ३२. मन्सुरी एकता मञ्च नेपाल ३३. युवा एकता समाज सेवा दिगम्बरपुर ३४. हलुवाई समाज सेवा कतार ३५. फैसल सामुदायिक विकास संस्था ३६. बहेडा युवा समाज सेवा कतार ३७. नेपाल मुस्लिम शान्ति समाज कतार ३८. स्वतन्त्र नाई संघ

 

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१