Siraha Times
ताजा समाचार

धाँतीमा आजदेखी फुटबल प्रतियोगिता सुरु

  • कार्तिक २१, २०८१
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, २१ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा आजदेखी खुला फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उदघाटन खेल शान्ति युथ क्लब ईटहरी र सप्तरीको नमोबुद्ध युवा क्लब मझौबिच भएको हो । निर्धारित समय भित्र कुनैपनि टिमले गोल गर्न नसकेपछी खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले बराबर गोल गरेपछी गोलाप्रथाद्वारा इटहरी टिम विजयी भएको हो ।

उद्घाटन खेल सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको प्रमुख आतिथ्यता तथा खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा वडा नं.८ का वडा अध्यक्ष श्याम प्रसाद साह,१० का चन्द्र नारायण यादव( धनराज) ११ का रामकुमार चौधरी, नगरप्रवक्ता शिवदर्शन पासवान, पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी, पुर्व उपप्रमुख बिन्दा कुमारी पासवान, पुर्व वडा समाजसेवी छेदी साह, भगवानपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरी, निर्मला चौधरी, मां.वि. सेहराका प्र अ किसुन यादव, आ.वि. बसानपट्टिका प्र अ उग्रनारायण चौधरी, डं चन्द्र नारायण चौधरी, धाँतीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादव, सशस्त्र प्रहरी बल कुसहाका प्रहरी नायब निरीक्षक ख्याम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार पटहेरबा निवासी ॐ साई साईराम कन्ट्रक्सन सातदोबाटो, ललितपुरका संचालक विजय साहले रु. ५५,५५५/- र द्वितीय पुरस्कार मलहनमा निवासी भौतिक योजना तथा निर्माण मन्त्रालयका कोशी प्रदेशका अशोक साहले रु.३५,५५५/- सौजन्य गरेको हो । प्रतियोगिता सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र माँ मुसहनिया युवा क्लबको आयोजनामा सुरु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य वडा नं.८ का वडा अध्यक्ष श्याम प्रसाद साहले दिएको थियो भने कार्यक्रमको संचालन सबल नेपालका शिक्षा अधिकृत राधेश्याम रामले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

तराईमा जुडशीतलको उल् ...

​विनोद अविरल/ सिराहा वैशाख २ । तराई-मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ म ...

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१