Siraha Times
ताजा समाचार

जसपाको चार महिने संगठन निर्माण अभियान

नेता कार्यकर्तालाई चलायमान बनाउने अचुक अस्त्र

  • कार्तिक १९, २०८१
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

आतिश मिश्र १९ कार्तिक । फुटको असह्य पीडाका बीच जनकपुरधाममा एकताको प्रथम महाधिवेशन सम्पन्न गरेको जनता समाजवादी पार्टी नेपाल अहिले चार महिने आधारभूत संगठन निर्माण अभियानमा जुटेको छ । एतिहाँसिक मधेश विद्रोहको नेतृत्वकर्ता तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल अर्थात वर्तमानको जनता समाजवादी पार्टी नेपालको चार महिने आधारभूत संगठन निर्माणलाई सबैले आ–आफनै खाले विश्लेषण गरि रहेका छन । 

मधेश प्रदेशको स्थापना देखी साढे छ वर्ष सम्म नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल सत्ता बहिर्गमन संगै संगठन निर्माणलाई तिब्रता दिनु आफैमा महत्वपूर्ण छ । सत्ता संचालनको क्रममा गरेको सकारात्मक कामहरुको प्रचार प्रसार गर्न नसक्नुलाई पछिल्लो प्रदेशसभा निर्वाचनमा पराजयको कारण मानी रहेका जसपा नेपालका नेताहरु यो अभियान लाई अवसरको रुपमा लिई रहेका छन । 

पार्टी विभाजन संगै केन्द्र र प्रदेशको सत्ता बाट बहिर्गमन भोगेका जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरु शिथिल भएका बेला संचालन गरिएको अभियानले नेता कार्यकर्ताहरुलाई चलायमान बनाउन सहज भएको जनता समाजवादी पार्टी नेपालका नेताहरु बताउदै आएका छन । जसपा नेपालका महासचिव राम कुमार शर्मा भन्छन ,‘ पार्टी विभाजनले केही नेताहरुले पार्टी बाट अल्गिनु भएको छ । तर त्यसले ग्रास रुटमा खासै असर परेको छैन । जारी अभियानले नेता कार्यकताहरुलाई उत्साहित र उर्जावान बनाउने काम गरेको छ ।’ जसपा नेपाल नेतृत्वको सरकारले गरेका कामहरु जनताको बीचमा लग्नु, पार्टी विभाजनमा भूमिका खेलेका शक्तिहरुको भण्डाफोर गर्नु र आधारभूत तह सम्म संगठन निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको कथन छ । 

जसपा नेपालले यो अभियान मार्फत पाँच लाख पार्टी सदस्य पु¥याउने उद्देश्य समेत बोकेको छ । हाल १ लाख ५३ हजार सदस्य रहेको जसपा नेपाललाई पाँच लाख सदस्य पु¥याउनु चुनौती पूर्ण रहेको छ । तर महासचिव शर्मा यस लाई चुनौती भन्दा पनि अवसरको रुपमा ब्याख्या गर्दछन । उनि भन्छन ,‘ यो अवसर हो , जसपा नेपालको एजेण्डा, मधेश विद्रोहमा खेलेको भूमिका र जसपा नेतृत्वको सरकारले समाजिक रुपान्तरणको अभियानमा खेलेको भूमिकालाई घर घर सम्म पु¥याउन सकिए पाँच लाख सदस्य बनाउनु कुनै ठुलो कुरा होइन ।’ राजनीतिक विश्लेषक प्रा. डा. भोगेन्द्र झा मधेश केन्द्रित

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१