Siraha Times
ताजा समाचार

नगर ब्यापार समिति बोदे बर्साईनद्वारा मृतक परिवारलाई आर्थिक सहयोग

  • कार्तिक १९, २०८१
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी :१९ कार्तिक: उमेश कुमार साह सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित नगर ब्यापार समिति बोदे बर्साईनले क्यान्सर रोगबाट मृत्यु भएको अजय कुमार साहको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ । बोदे बर्साईन नगर ब्यापार समितिका अध्यक्ष देव नारायण साहको नेतृत्वमा रकम मृतक साहको परिवारलाई सहयोग गरिएको हो ।

Open photo

मृतकको घर बोदे बर्साईन नगरपालिका वडा नम्बर ५, बजारस्थित पुगेर उनकी श्रीमति गिरिजा कुमारी सोनार लाई नगर समिति अध्यक्ष देव नारायण साह र सप्तरी उधोग वाणिज्य राजबिराजका अध्यक्ष लालुप्रसाद अग्रवालको संयुक्त उपस्थितिमा उहाँको परिवारलाई रू ५१ हजार नगदसहित हस्तान्तरण गरिएको हो । मृतक अजय कुमार साहको २ छोरा र ३ छोरी छन् । 

सो क्रममा वडाध्यक्ष राजकुमार यादवले सहयोगी हातहरुप्रती विशेष आभार व्यक्त गर्दै वडाबाट हुने सहयोग र पालिकाको तर्फबाट मिल्ने सहयोगको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । रकम हस्तानतरण कार्यक्रममा जिल्लाका प्रतिनिधि , बजार बासी, नगर समिति, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१