Siraha Times
ताजा समाचार

शिक्षकको अधिकतम हितकारी एजेन्डा अगाडी बढाउने: नवनिर्वाचित उपाध्यक्ष शिव कुमार यादव

  • कार्तिक १५, २०८१
  • ९४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, कार्तिक १५ गते । एकीकृत शिक्षक संगठनका केन्द्रिय परिषद सदस्य शिवकुमार यादव राहत शिक्षकको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ स्थाय घर भएका यादव वि.सं. २०६२ सालदेखी शिक्षण पेशामा आवद्ध रहेका छन् । कार्तिक ९,१० र ११ गते काठमाडौंमा सम्पन्न राहत शिक्षकको छैठौं महाधिवेशनले नेकपा माओवादी केन्द्र निकट रहेका यादव केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको हो ।

करिव २० वर्षदेखी शिक्षण पेशामा आवद्ध यादव आम शिक्षकको मुक्तिको लागी लामो समयदेखी संघर्षरत रहेका छन् । धादिङ र काठमाडौं लगायत विभिन्न जिल्लामा अध्यापन गरेको हाल गोरखा जिल्लामा कार्यरत रहेको छ । शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गरेको यादवले शिक्षण पेशाको सुनिश्चितताको लागि व्यापक रुपमा जनदबाब सिर्जना गर्दै आएको हो । 

माक्र्सवादी चिन्तक समेत रहेका उनले मधेशको शिक्षा सुधारको लागि प्रयासरत रहेको हो । यादव माक्र्सवादी स्कुल मधेश प्रदेशका सदस्य तथा प्रशिक्षक समेत हुन् । स्थापित शिक्षक नेताको रुपमा चिनिएका यादव राहत शिक्षकको साथै अन्य शिक्षकको मुक्तिको लागि संघर्ष गर्ने उद्घोष समेत गरेका हुन् ।

पेशागत सुरक्षाको दृष्टीकोणले "योगदानमा आधारित सामाजिक सुरक्षा कोष" को एजेन्डा नछोड्ने गरी एजेन्डा तय गर्दै महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सम्पुर्ण राहत शिक्षकलाई विस्थापित नहुने गरि प्रक्रिया पुर्‍याएर स्थायित्व गर्नुपर्ने र शिक्षकको अधिकतम हितकारी एजेन्डा अगाडी बढाउने संकल्प लिएको नवनिर्वाचित उपाध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१