Siraha Times
ताजा समाचार

सिस्वा बेल्हि साना किसान कृषि सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

  • कार्तिक १०, २०८१
  • ७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १० असोज । सप्तरीको खड्क नगरपालिका वडा नम्बर -१ सिस्वा बेल्हीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिस्वा बेल्हि साना किसान कृषि सहकारीले सदस्यहरू बिच निक्षेप संकलन, ऋण लगानी, असुली, सदस्यहरूलाई व्यवसायीक ज्ञान, तालिम कार्यक्रम, अनुसरण कार्यक्रम, रेमिटान्स सेवा, पशु विमा कार्यक्रम सदस्य सुरक्षा विमा वचत कार्यक्रम भैसी प्रर्वद्वन कार्यक्रम गरि रहेको छन् । कार्यक्रम खड्क नगरपालिकाको मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा उक्त सहकारीका अध्यक्ष विष्णुदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका लेखा समिती संयोजक सुरेश प्रसाद श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक तथा प्रबन्धक श्रवण कुमार साहले संचालन गरेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै शेयर सदस्यहरुलाई कोदालो वितरण गरेको थियो । कार्यक्रममा खड्क नगरपालिका वडा नं.१ का वडा अध्यक्ष राजकुमार साह, २ का वडा अध्यक्ष हरेराम मण्डल, रामनगर साना किसान सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, सरस्वती साना किसान सहकारी संस्थाको अध्यक्ष चानोदेवी राम, जिल्ला संघ सप्तरीको अध्यक्ष बलराम यादव, नकटिरायपुरका प्रबन्धक घनश्याम यादव, पातोका अध्यक्ष सत्यनारायण यादव, छिन्नमस्ताका अध्यक्ष बिरेन्द्र साह,यस संस्थाका संस्थापक अध्यक्ष श्याम सुन्दर साह, सबल नेपालका खर्क नारायण चौधरी , कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत, बागवानी विकास अधिकृत रक्षा यादव लगायत जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुखहरु, अध्यक्षहरु, सुरक्षाकर्मी, बुद्धिजीवी, संचारकर्मीको उपस्थिति रहेको थियो ।सम्पुर्ण आग्न्तुकहरुलाइ स्वागत संस्थाको समिती भुमी प्रसाद सिंहले गरेको कुरा साना किसान कृषि संस्था लि. सिस्वा बेल्हीको प्रबन्धक साहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१