Siraha Times
ताजा समाचार

११ औं वार्षिक साधारणसभा रामनगर साना किसान कृषि सहकारीको सम्पन्न

  • कार्तिक ८, २०८१
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ असोज सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा रहेको रामनगर साना किसान कृषि सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको हाम्रा सम्बादाता रासिन्द्र यादवले जनाएका छन।

रामनगर साना किसान कृषि सहकारीले सदस्यहरू बिच निक्षेप संकलन, ऋण लगानी, असुली, सदस्यहरूलाई व्यवसायीक ज्ञान, तालिम कार्यक्रम, अनुसरण कार्यक्रम, रेमिटान्स सेवा, पशु विमा कार्यक्रम सदस्य सुरक्षा विमा वचत कार्यक्रम भैसी प्रर्वद्वन कार्यक्रम गरि रहेको सम्बादाता यादवले जनाएका छन।

कार्यक्रम सप्तरी क्षेत्र नं.४ "ख" को प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह यादवको प्रमुख आतिथ्यमा र संस्था अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बलान बिहुल गाउँपालिकाको उपाध्यक्ष रेणु यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युबा नेता जितेन्द्र यादब, बलान बिहुल गा. पा १ को वडाअध्यक्ष राम कुमार यादब, ५ न.का वडाअध्यक्ष बिन्देश्वर यादब, कार्यपालिका सदसय सन्जिब कुमार शर्मा , सन्तोष कुमार साह, साना किसान कृषि सहकारी संस्था सिस्वा बेल्हीको प्रबन्धक श्रवण कुमार साह समाजिक अभियन्ता पबन शर्मा मा भबानी सा. कृषि स. सितापुर सिरहाको अध्यक्ष नन्द किशोर चौधरी , बरिस्ठ समाजसेबि तथा मा. बि. सेहराको पुर्ब प्र. अ. दिनेश्वर प्र. यादब, सरस्वती साना किसान सहकारी संस्थाको अध्यक्ष चानो देबी राम, प्रबन्क बिबेककुमर चौधरी र जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुखहरु, अध्यक्षहरु, सुरक्षाकर्मि , बुधिजिबिहरुको रोहबरमा संस्थाका अध्यक्ष रामचन्द्र यादवले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

May be an image of 5 people

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शिवराम यादबले राखेको थियो भने कार्यक्रम संचालन रामनगर साना किसान कृषि सहकारी संस्थाको प्रबन्धक भुप नारायण यादबले गरेका थिए ।

May be an image of 5 people, dais and text

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१