रहमुल लहान ७ कार्तिक सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरिया श्री दलित उत्पीडित जनजाती आधारभुत बिधालयको बि. ब्य. समितिको अध्यक्ष श्याम कुमारी सदायको अध्यक्षतामा पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र मह्तो ,पद्मोदय स्पोर्ट्स क्लबका संयोजक योगेश सिंह, ३ न.वडाअध्यक्ष बंशिलाल यादव ,वडासदस्य बिशवनाथ यादव ,संन्जय कुमार यादव बि.व्य.स.का सम्पुर्ण सदस्य भद्रभलादमी .बुद्धिजीवी ,शिक्षक स्टापको निर्णयमा आउदो २१ कार्तिक बुधबारका दिन पद्मोदय फाउन्डेसन धनगढि द्वारा सम्पुर्ण विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण गर्ने निर्णय भएको महेश यादवले जनाएका छन।
उक्त बिधालय क्षेत्र भित्र भारी संख्यामा अतिबिपन्न मुसहर दलितको बसोबास रहेको अबस्था रहेको देखिन्छ। हाल सम्म ती समुदायहरु शिक्षा क्षेत्र बाट टाढा भागीदैछन र यसरी नै बालबालिका लोभ्याउने कार्यक्रम ल्याइ मुसहर जातीका बालबालिकाको पहुच बिधालय सम्म पुर्याउन जरुरी रहेको र सकभर ती पिछडिएका समुदायको बालबालिकाको दिवा अवासीय सेवा पनि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण हुन समेत जरुरी रहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
लहानमा ‘घर–घरको शान, स्वच्छता अभियान’ तीव्र, भूमिहीन र विपन्न परिवारका लागि शौचालय निर्माण अझै चुनौती
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved