ताजा समाचार

समाजवादी युवासंघ नेपालको पुर्नगठन सिरहामा सम्पन्न

  • कार्तिक ७, २०८१
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ कार्तिक हिजो समाजवादी युवासंघ नेपाल जिल्ला कार्यसमिति सिरहाको जिल्ला युवा भेला बाट डा.लोकेश यादवको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन भएको युवा नेता अजय यादवले जनाएका छन।

उक्त कार्यक्रम जिल्ला अध्यक्ष राम सोगारथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमा प्रमुख वक्ता जसपा,नेपाल केन्द्रिय सचीव सुरेश मण्डल, विशिष्ट वक्ताहरु केन्द्रिय कार्यकारिणी सदस्य मा.राजकुमार गुप्ता, अशेश्वर यादव, केन्द्रिय सदस्य चन्देश्वर पासवान, युवा केन्द्रिय अध्यक्ष संजीव यादव पार्टी सिरहा जिल्ला अध्यक्ष अशोक यादव युवा प्रदेश अध्यक्ष कमलेश यादव, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव ,केन्द्रिय सदस्य बिरेन्द्र यादव, धनुषा जिल्ला अध्यक्ष दिप्पु कापर लगायत युवा नेता कार्यकर्ताहरु को बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

प्रमुख वक्ता सुरेश मण्डलले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै आगामी कार्यदिशाको वारेमा सुझाव दिनु भएको थियो। त्यसैगरी विष्शिट वक्ताहरुले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै पार्टिको निर्देशन अनुसार समाजमा गएर समाजिक कर्यहरु गर्न सुझाव दिएका थिए। कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष राम सोगारथ यादवले समाजवादी युवासंघ नेपालले देश लगायत जिल्ला भरिमा अन्य युवासंगठन भन्दा फरक पहिचान वनाएको इतिहास रहेको भन्दै यसलाई कायम राख्दै अगाडि वढ्न सुझाव दिदै कार्यक्रम समापन गरेको थियो । कार्यक्रम सञ्चालन युवा नेता तनविर आलमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤