Siraha Times
ताजा समाचार

डुवानमा परेका घरपरिवारलाई राहत, पीडित भए हर्षित

  • असोज २४, २०८१
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल  लहान,असोज २४ । विपद कसैलाई सुचना दिएर अथवा घन्टी बजाएर आउदैन यस्तै भयो दसैंको मुखमा हाल मात्र ११ असोज २०८१मा भएको भिसन वर्षा र त्यसपश्चात आएको बाढीले खोला किनारका असंख्य घर परिवार डुवानमा परि निकै दुखः कस्ट भोग्नु परेको छ। यसै क्रममा रौतहट जिल्ला पनि अछुतो रहन सकेन त्यस मध्येपनि बागमती नदीको बाध फुटेर साथै बकैया, झांझ र अरुवा खोला छेउका परिवार हरुलाई निक्कै समस्या परेको देखियो । सो समस्या लाई केहि हद सम्म राहत महसुस गराउन खाधान्न, बसोबास र खानेपानी तथा सरसफाईका लागि आवश्यक सामग्री पालिकाले उपलब्ध गराएको नामावली बमोजिम राजदेवी नगरपालिकाका १५० घरपरिवारलाई छायाँ नेपालबाट खाधन्न, बसोबास र खानेपानी तथा सरसफाई र ३५० घरपरिवारलाई युनिसेफ र छायाँ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाईका लागि आवश्यक सामग्री वितरण गरेको कुरा छायाँका प्रदेश संयोजक आशिष सिंहले जानकारी गरएको छ ।

जसमा २० लिटरको बाल्टिन, मग, त्रिपाल, चामल-२५ किलो, चिनी, दाल, नुन, तेल, झुल, साबुन, पेस्ट, पानी राख्ने ५ लिटरको जर्किन, मग, एकुवा ट्याब, साबुन तथा सरसफाई सहितका सामग्री राखेको राहत वितरण गर्ने कार्य सम्पन्न गरिएको छ । जुन सहयोग Chay Ya Nepal, UNICEF Nepal र पालिका बीच समन्वय र सहकार्य गरि वितरण गरिएको थियो । एस्तो राहत योग्य सामग्री गर्भवती महिला, Lactating महिला, अपाङ्गता भएको व्यक्ति र बालबालिकाको लागि उपलब्ध गराएकोमा राजदेवी नगरपालिका परिवारले UNICEF र Chay Nepal लाई धन्यवाद प्रदान गरिएको छ भने सामग्री प्राप्त गर्ने घरपरिवारमा खुशीको मुहार देखिएको थियो । वितरण क्रममा प्राप्त नामावली छनोटमा पिडित परिवार महिला, गर्भवती, सुत्केरी र बालबालिकाहरु लाई लक्षित गरि समाबेसिताको आधारमा वितरण गरिएका समेत संयोजक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

खडक नगरपालिकामा निःश ...

ओम प्रकाश यादव लहान भदौ २६ । सप्तरी जिल्लाको खडक नगरपालिकाले क्षयरोग (ट्युबरकुलोसिस– ...

बाल दिवसको अवसरमा खड ...

ओम प्रकाश यादव लहान भदौ २६ । बाल दिवसको अवसर पारेर बालबालिकाहरूको नेतृत्व विकास, स्थानीय सरकार सञ्चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१