सुखिपुर उद्योग व्यापार समितिसंघको अध्यक्ष पदमा विजयप्रसाद गुप्ताको उम्मेदवारी

  • असोज २४, २०८१
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा, असोज २४ गते । सुखिपुर उद्योग व्यापार समिति संघको चुनावको लागि सुखिपुरका एक चर्चित उद्योगी विजय प्रसाद गुप्ताले अध्यक्ष पदका लागि उम्मेदवारी दिइएका छन् । आउँदो कार्तिक ०९ गते शुक्रबार हुन लागेको चुनावका लागि विजय प्रसाद गुप्ताले उम्मेदवारी दिनु भएको छ । सुखिपुर नगरपालिका वडा न. -३ मा संचालित श्री हनुमान एग्रो फुड प्रोडक्टसका संचालक विजय प्रसाद गुप्ता र अशोक प्रसाद गुप्ता दुई भाइ मिलेर सिरहा जिल्लामै व्यापारको रुपमा सबैभन्दा ठुलो राईस ( चामल ) मिल खोलेका छन् । जसले गर्दा- यहाँका स्थानीय जनशक्ति सदुपयोग परिचालनको बाटो स्थापित भएको छ। यहाँ उत्पादित विभिन्न किसिमका चामलहरु देशभरि प्रख्यात छ ।

यो सँगै, कर्तब्यबिष्ट, लगनशील , समाजसेवी, लोकप्रिय उम्मेदवार विजय प्रसाद गुप्ताले भने , मेरो उम्मेदवारी पछाडि यहाँका व्यापारीहरुको हाँत रहेको छ। यहाँ व्यापारी, उद्योगी, पसलेहरुले विश्वस्तका मत दिने विश्वास लागेको छ। यतिबेला भन्नुपर्दा , सुखिपुरका उद्योग व्यापारको अवस्था हेर्दा कहालीलाग्दो अवस्था छ । अध्यक्ष पदका उम्मेदवार गुप्ताले भने , म जिते पछि- यहाँका व्यापारीहरुका लागि समय व्यवस्थापन गर्ने , व्यापारमा उत्कृष्टता ल्याउने , सबै व्यापारीमा एकरुपता कायम गर्दै उहाँहरुको समस्याहरुलाई हरेक तवरले आर्थिक, भौतिक, समाजिकरुपमा सबै मिलेर तत्काल समस्या समाधान गर्ने बताउँछन् । यति भन्दै वहाँले भने, म विजयी भयो भने - यी कामहरूमा प्राथमिकताका साथ अघि बढ्ने बताउनुभयो ।

१. बन्द रहेका उद्योग पसलहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने । २. बजार क्षेत्रमा पार्किङ ब्यबस्थि गर्न स्थानिय सरकार नगपालिकासँग सहकार्य गर्ने । ३. महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी उद्यमी बनाउने स्वरोजगार बनाउने । ४. सुरक्षित व्यवसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने । ५.  ट्राफिक ब्यबस्थापनको लागी ट्राफिक लाईट ब्यबस्था गर्न पहल गर्ने । ६. ब्यबसायिक हकहितको लागी काम गर्ने । ७.  पार्किङ सहितको सुबिधा सम्पन्न मानिस अट्ने क्षमताको सभाहल निर्माण गर्ने । ८. प्रदेश सरकारसँग मिलेर विभिन्न नौलो योजनाहरु ल्याउने । ९. कृषि प्रधान देश भएकाले नेपालमा नै उत्पादन भएको कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै बजारको सुनिश्चितता गर्ने । १०. ब्यापारीलाई आवश्यक नियम कानुन सम्बन्धि कम ज्ञान भएको कारणले सरकारी तर्फबाट अनुगमनमा आउदाँ हुने विभिन्न समस्यालाई न्युनिकरण गर्ने । ११  स्थानियतह सँग समन्वय गरी आवश्यक स्थानमा नि:शुल्क ईन्टरनेटको ब्यबस्था गर्ने । १२. सेयर बजार सम्बन्धि जानकारी कम भएकाले त्यस सम्बन्धि सुचना प्रवाह गर्ने । १२. समय अनुसार व्यवसायमा नोक्सान पुग्ने खालको विभिन्न समस्यालाई स्थानियतह नगरपालिकासँग सहकार्य गरी समाधान गर्न समन्वय गर्ने । १३. कर सम्बन्धि आएको प्रत्येक नयाँ नियमलाई ब्यापारी सबैलाई सु–सुचित गराउने । १४. स्थानिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन पहल गर्ने । १५. समग्र सुखिपुरलाई चिनारी जस्तै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पहल गर्ने । १६. घर बाहाल कर सम्बन्धि आउने समस्याहरुलाई सम्बन्धित निकायसँग छलफल गरी समाधान गर्न पहलको बाटो तयार पार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१