जसपा नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल

  • असोज २१, २०८१
  • ७४३ पटक पढिएको
  • रहमुल
alt

जनकपुरधाम, असोज २१ । जनता समाजबादी पार्टी नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल भएको छ । विश्वभरिका समाजवादी, समाजिक लोकतान्त्रिक,श्रमिक र प्रगतिशील पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको अक्टोबर ५ र ६ तारेखमा चिलिमा सम्पन्न बैश्विक सम्मेलनले जसपा नेपाललाई सद्स्यता प्रदान गरेको हो । विश्वभरिका १ सय ९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा सद्स्यताको लागि भएको मतदान बाट जसपा नेपालले सर्वसम्मत सदस्यता प्राप्त गरेका हुन । दक्षिण अमेरिकामा रहेको गणतन्त्र चिलिको राजधानी सेन्टियागोमा सम्पन्न उक्त सम्मेलन प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता,सामाजिक न्याय, मानवअधिकार सुरक्षा, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा जसपा,नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । अध्यक्ष यादव सहितको टोलि मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१