ताजा समाचार

जसपा नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल

  • असोज २१, २०८१
  • ९७७ पटक पढिएको
  • रहमुल
alt

जनकपुरधाम, असोज २१ । जनता समाजबादी पार्टी नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल भएको छ । विश्वभरिका समाजवादी, समाजिक लोकतान्त्रिक,श्रमिक र प्रगतिशील पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको अक्टोबर ५ र ६ तारेखमा चिलिमा सम्पन्न बैश्विक सम्मेलनले जसपा नेपाललाई सद्स्यता प्रदान गरेको हो । विश्वभरिका १ सय ९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा सद्स्यताको लागि भएको मतदान बाट जसपा नेपालले सर्वसम्मत सदस्यता प्राप्त गरेका हुन । दक्षिण अमेरिकामा रहेको गणतन्त्र चिलिको राजधानी सेन्टियागोमा सम्पन्न उक्त सम्मेलन प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता,सामाजिक न्याय, मानवअधिकार सुरक्षा, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा जसपा,नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । अध्यक्ष यादव सहितको टोलि मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤