Siraha Times
ताजा समाचार

नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले क्रियाशील फाराम वितरणमा धाँधली गरेको आरोप

  • असोज १६, २०८१
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ज्ञानेश्वर सहानी / नवलपरासी/ १६ असोज। नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ का क्षेत्रीय सभापतिले सदस्यता क्रियाशील फाराम वितरणमा धाँधली गरेको आरोप लगाएका छन्। आज नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ क का सभापति यम प्रसाद भुसालको नेतृत्वमा क्षेत्रीय सभापति माधव पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै यस्तो भनेका हुन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले गत साउन ६ गते बैठक बसी ४५ दिन भित्र नयाँ र पुराना  गरी क्रियाशील फाराम भरेर तोकिएको शुल्क सहित बुझाउन र पुरानालाई कृयाशिल कार्ड समेत भरेर नविकरण गर्ने भनि बुझाएको फारम हाल सम्म वडा वडा सम्म नगएको ज्ञापन पत्रमा उल्लेख छ।

gyapan1

संघीय सभापति माधव पाण्डेले नेपाली कांग्रेसका विधान बमोजिम तहगत रुपमा फारम नबुझाएको र केहि ठाउमा पुरानो फारम मात्र बुझाएको भनि जिल्ला कार्यसमितिमा उजुरी परेको थियो। त्यस उजुरीको आधारमा जिल्ला कार्यसमितिले क्रियाशील फारम बुझाउन क्षेत्रीय कार्य समितिलाई पटक पटक पत्राचार गर्दा पनि संघीय सभापति माधव पाण्डेले आलटाल गरेको तथा म बुझाउँदैन मेरो अधिकारको कुरा हो कसैले केहि गर्न सक्दैन भनि गैर जिम्मेवार अभिव्यक्ति दिएको कारणले वाध्य भएर ज्ञापन पत्र बुझाइएको बताएका छन्। ज्ञापनपत्र बुझाउँदै प्रदेश क्षेत्रीय सभापति यम प्रसाद भुसालले ३ दिन भित्र नयाँ र पुराना गरी क्रियाशील फारमहरु र क्रियाशील कार्ड नबुझाए १७ गते देखि क्षेत्र नं.०२ को क्षेत्रीय कार्यसमितिको कार्यालयमा अनिश्चितकालिन ताला बन्दि गर्ने चेतावनी समेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१