Siraha Times
ताजा समाचार

लहान-१२ जितियाकाे अवसरमा शुभकामना आदानप्रदान सम्पन्न

६३ जना भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

  • असोज ३, २०८१
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असोज ०३ । नेपाली कांग्रेसका भगिनी संगठन नेपाल महिला संघ लहान नगरपालिका-१२ वडा कार्यसमितिकाे आयोजनामा महिलाहरुकाे महान पर्व जितियाकाे अवसरमा शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका छन् । महिला संघ वडा समितिका सभापति सीता चौधरीकाे सभापतित्वमा भएका कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा कांग्रेस सिरहा-१ का क्षेत्रीय सभापति तथा लहानका मेयर महेश चौधरी, विशिष्ट अतिथिमा नेपाल महिला संघका जिल्ला अध्यक्ष तथा धनगढीमाईकी उपमेयर संगिता चौधरी, कांग्रेस लहान नगर सभापति संजय यादव, महिला संघ लहान नगर सभापति संगिता चौधरी, वडा अध्यक्ष बद्री चौधरी, नेपाल शिक्षक संघ लहान नगर सचिव दिलिप चौधरी, कांग्रेस युवा नेता शिवकान्त चौधरी तथा वडा सदस्यलगायतकाे उपस्थिति थियाे । उनीहरुले जितियाकाे शुभकामना व्यक्त गरेका छन् । 

May be an image of 5 people and temple

नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा ०७४ र ०७९ काे स्थानीय तह चुनावमा प्रत्यासी भएको घुरन चौधरीसहित ६३ जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अतिथिहरुले टीका र गम्छासहित सम्मान गरि सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । घुरन चौधरीले दुवै चुनावमा ३ सय भन्दा बढी मत ल्याएका थिए । पछिल्लो समय वडा र नगरमा भईरहेकाे विकास कार्य देखेर आफुहरु कांग्रेसमा आबद्ध भएको नवप्रवेशीहरुले जनाएका छन् । पार्टीमा नयाँ साथीहरू थपिएपछि यहाँ कांग्रेस झन मजबुत भएको कांग्रेस वडा सभापति वैजनाथ सिंहले जानकारी गराए । निकट भविष्यमा उनीहरुलाई सम्मानका साथ जिम्मेवारी पनि दिईने उनले सुनाए ।

May be an image of 9 people, dais and text

May be an image of 4 people and temple

May be an image of 6 people and temple

May be an image of 1 person

May be an image of 8 people and wedding

May be an image of 6 people, temple and text

 

प्रतिक्रिया दिनुहोस

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१