ताजा समाचार

खुट्टी खोलाको बाँकी काम पूरा गर्न सिंचाई मन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगे जनकपुर 

  • असोज ३, २०८१
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असोज ०३ । मधेश प्रदेश सरकार सिंचाई मन्त्रीलाई लहानकाे खुट्टी खोला सिंचाई योजना संघर्ष समितिले आयोजनाकाे बाँकी काम पूरा गर्न र बजेट माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन संघर्ष समितिका संयोजक धर्मराज चौधरी, एमालेबाट निर्वाचित मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता सन्तोष चौधरी र कांग्रेस युवा नेता अजय चौधरी जनकपुर पुगेका थिए । पछिल्लो समय मधेस सरकारकै योजनाबाट खुट्टीखोलामा लहान-१० स्थित हेडव्रक्स निर्माण भएका छन् । ग्रामीण चौकदेखि पश्चिम लहान-११ पडरिया हुँदै वडा-१२, २२, २०, २१, १९ र २३ मा पानी पुगाउन जे.एस. क्याम्पस अगाडि कल्भर्ट पनि निर्माण भएका छन् । यो वडाहरुमा पानी पुगाउन थप नहर निर्माण गर्नुपर्ने देखिएको छ । अब नहरमा थप काम सम्पन्न भए खुट्टी खोलामा पानी भएकाे वेला सिँचाइ हुनेछ । नहर अतिक्रमण भई वर्षौ पहिले निर्माण भएका भौतिक संरचना बाधक बनेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤