जसपा नेपालले संविधान दिवस नमाउने

  • असोज १, २०८१
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ, १ असोज । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने भएको छ । यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन सो दिन विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्ने बताएका छन् । संविधान सच्याउन यसको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायतका परिवर्तनहरू गरी संविधान सबै समुदायका मानिसहरूले स्वामित्व लिन सक्ने हुनुपर्ने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१