Siraha Times
ताजा समाचार

कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन बलान बिहुलमा

  • भदौ ३१, २०८१
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३१ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं.१ मल्हनियाँमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज एक कार्यक्रम बिच उद्घाटन गरिएको हाम्रा सम्बादाता रासिन्द्र यादवले जनाएका छन।नेपाल सरकार,कृषि तथा पशुपन्छी विकास मन्त्रालय,ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत सेवा केन्द्रको निर्माण गरिएको छ । 

कार्यक्रम रबिन्द्र कुमार महथाको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आथित्वमा सम्पन्न भएका थिए। कार्यक्रममा आयोजनाका निर्देशक चन्द्र प्रसाद रिसाल, गा.पा. उपप्रमुख रेणु यादव, वडा अध्यक्ष राम कुमार यादव, नि.प्रमुख प्रशासकीय अधिकृत मुसहरु साह, कार्यपालिका सदस्यहरु,गा. पा. को सम्पुर्ण शाखाको शाखाअधिकृतहरु, प्रहरी चौकी मल्हनियाको इन्चार्ज, इन्जिनियर दिपनरेश यादव, बरिस्ठ समाजसेवी रामप्रकाश भदेसवार, कृषि बिग नाथु प्रसाद चौधरी ,रामनारायण यादव, रामबोध यादव,ग्याप्रसाद गुप्ता, रामनगर मा. बि. को बि. ब्य. समिति अध्यक्ष जिबेन्दर यादब, निर्मल यादव,जेभी प्रतिनिधि गोकुल खनाल, विवेक यादव, कमल प्रसाद पहाडी, सत्यनारायण यादव, रामसुन्दर यादब, मुसहरु यादव , सिल्टु यादव, राजेन्द्र यादव कुशेश्वर यादव,हंसु मिया लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकार,कृषि तथा पशुपन्छी विकास मन्त्रालय,ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबास महोत्तरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृषि स:अधिकृत संतोष यादवले दिएको थियो भने कार्यक्रम संचालन कृषि अधिकृत राजेश साहले गरेको थिए। यस पालिका भित्र किसानै किसानले भरिएको क्षेत्र हो। जब सम्म किसानमुखि कार्यक्रम सहि तरीकाले संचाल हुदैन तब सम्म पालिका समृद्ध हुन सक्दैन बताउदै गा.पा. अध्यक्ष खेमचन्द्र यादवले किसानको सहयोगको लागी यो संस्थाको निर्माण भएको आफ्नो मन्तव्यमा समेत बताएका हुन।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१