ताजा समाचार

मधेशी मूलकी महिला चित्रलेखालाई राजदूत नियुक्ति गरेको छ, सरकारलाई धन्यवाद : राजकिशोर यादव

  • भदौ २५, २०८१
  • ९८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सांसद राजकिशोर यादवले मधेशी मूलको चित्रलेखा यादवलाई राजदूत नियुक्ति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले भने, ‘मेरो अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा परराष्ट्रमन्त्रीजीले एकप्रकारणको प्रतिवद्धता जनाउनुभएको थियो । राजदूत नियुक्तिलाई समावेशी बनाउने भन्नुभएको थियो ।’

‘परराष्ट्रमन्त्रीले कोशिष गरौँला भनेअनुरुप आज नेपाल सरकारले सिरहा जिल्ला निवासी मधेसीमूलकी एउटा चेली मसँगै चुनाव लडेकी चित्रलेखा यादवलाई राजदूतको रुपमा सिफारिस गरेको छ’, सांसद यादवले भने, ‘ढिलै भए पनि म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु र उहाँलाई शुभकामना गर्न चाहन्छु ।’

सांसद यादवले सरकारले यो काम समयमा गरेको भए, संविधानअनुरुप काम गरिदिएको भए अझै राम्रो म्यासेज जाने बताए ।
सरकारको बेलामा किन बुद्धि आउँदैन भनेर उनले प्रश्न गरेका छन् । यादवले आफैले बनाएको संविधानअनुसार सरकारले काम नगर्ने हो भने जनतामा आक्रोश आउने बताएका छन् ।

सांसद यादवले भ्रष्टाचारका कारण जनतामा निराशा र प्रश्न उठेको बताएका छन् । उनले भ्रष्टाचार नेपाली जनतामा जीवन प्रणाली बनेको भन्दै भ्रष्टाचार निर्मूल बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन माग गरेका छन् ।

उनले सरकारमा विश्वसनीयताको कामी रहेको भन्दै अविश्वासको खाडल पुर्नको लागि आग्रह गरेका छन् । सांसद यादवले गण्डकी प्रदेशमा एकजना मन्त्रीले देखाएको व्यवहारप्रति चिन्ता जनाएका छन् । उनले दीपक मनाङेप्रति संकेत गर्दै यस्ता गतिविधिबाट सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤