Siraha Times
ताजा समाचार

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

  • भदौ २४, २०८१
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, २४ असोज – जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक हिजाे जनकपुरधाममा सम्पन्न भएको छ। बैठक पार्टीको विधिविधान र केन्द्रीय परिपत्रअनुसार बोलाइएको थियो। बैठकको अध्यक्षता जसपा नेपालका अध्यक्ष बालकिशोर प्रसाद यादवले गर्नुभएको थियो। यस अवसरमा जसपा नेपालका उपाध्यक्ष राजशिकिशोर यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा केन्द्रीय समितिबाट तोकिएका अनुगमनकर्ताहरू, केन्द्रीय अभियन्ता, प्रदेश कार्यकारिणीका सदस्यहरू, जिल्ला समितिका अध्यक्षहरू र प्रदेशस्तरका जनसंगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।बैठकले पार्टीको आधारभूत संगठन निर्माणको चार महिने अभियानको समीक्षा गर्दै प्रदेशस्तरका विभिन्न निर्देशन जारी गरेको छ। बैठक बिहान रमनटावर जनकपुरधाममा सम्पन्न भएको थियो। बैठकले आगामी गतिविधिहरू र योजनाबारे चर्चा गर्दै मधेश प्रदेशको राजनीतिक र संगठनात्मक स्थिति सुधार गर्न विभिन्न निर्णयहरू लिएको छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१