ताजा समाचार

मधेशमा पहिलोपटक सरकारी तहबाट एमबिबिएसको पढाइ हुने

  • भदौ २३, २०८१
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ भदौ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ। मधेश प्रदेशको मुख्यमंत्री तथा कुलपति माननीय सतिस कुमार सिंह, स्वास्थ्य तथा जनसंख्या मंत्री तथा सहकुलपति माननीय सत्रुधन प्रसाद सिंह र उपकुलपति डा. अनकुर साहको अथक प्रयासले यो कार्य साकार भएको माननीय शत्रुधन सिंह सचिवालयले जनाएका छन। सरकारी स्तर बाट यस प्रदेशमा एम.बि.बि.एस को पढाई शुरु हुदा यस प्रदेशका नागरिकमा खुशी छाएको जानकारहरु बताउछन। यति मात्र होइन अब गरीबका बालबच्चाहरु डाक्टर बन्ने मौका समेत पाएका छन। शिक्षामा परिवर्तन त ल्याए तर यसलाई सहि तरिकाले कार्यनयन गराइ दिगो रुपमा यसलाई संचालनमा राख्न उति नै जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤