पहिलो त्रैमासिकबाटै प्रदेश सरकारको योजना कार्यान्वयन तयारी तीव्र

  • भदौ २०, २०८१
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , भदौ २० । लोकनायक राजा सलहेशको लहानस्थित फुलबारी नजिक डा.बाबासाहेब आम्बेडकर पार्क निर्माण कार्य सुरु हुने भएको छ । पार्कका लागि स्व.देवधामी दनुवार, जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिँह, कमलदेव सिँह र उत्तिम सिँहले एक कट्ठा जग्गा दान दिएका छन् । मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको लागतमा बन्ने पार्कमा अन्य संरचनासँगै राजा सलहेश र डा.अम्बेडकरका प्रतिमा स्थापित गरिनेछ । भारतका बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ एवम् समाजसुधारक डा.आम्बेडकरले दलितमाथि गरिने अन्यायविरुद्ध अभियान चलाएका थिए । डा.आम्बेडकरको विचारधाराबाट नेपालको दलित’’’ समुदायमा गहिरो प्रभाव छ । 

चालू आर्थिक वर्षको बजेटमा डा.आम्बेडकर पार्कका लागि एक करोड रुपैयाँ छुट्याइएको प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले बताए । उनले पार्क निर्माणमा राजनीतिक अस्थिरताले प्रभाव नपर्ने प्रस्ट्याए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले सलहेश फुलबारी दर्शनका लागि भारत समेतबाट उल्लेख्य सँख्यामा पर्यटकको आवागमन हुने स्थल नजिक डा.आम्बेडकर पार्कको निर्माण भएपछि पर्यटकको सँख्यामा सयौँ गुना वृद्धि हुने र त्यसक्षेत्र तथा वरपरको आर्थिक गतिविधि तीव्र हुने बताए ।

उनले सलहेश फुलबारीका धार्मिक तथा साँस्कृतिक विधिहरू विशेषतःः दनुवार र दुसाध समुदायसँग जोडिएको बताउँदै डा.अम्बेडकर पार्क अन्यका अतिरिक्त दलित समुदायका लागि महत्त्वपूर्ण र छुटाउन नहुने पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको उल्लेख गरे । सात दशमलव छ हेक्टरमा फैलिएको सलहेश फुलबारीले त्यसक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । फुलबारीका कारण वरपर १४ गाउँमा पानीको उपलब्धता रहँदैआएको छ । 

मधेश प्रदेश सरकारले अन्य योजनासँगै डा.आम्बेडकर पार्कका लागि आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै कार्य थालनी गरेको छ । प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार गठन भएपछि पहिलो त्रैमासिकबाटै योजना कार्यान्वयन हुन थालेको हो । यसअघि प्रदेश सरकार गठन भएयताका सात वर्षभन्दा बढी समयसम्म पहिलो र दोस्रो त्रैमासिकसम्म योजना कार्यान्वयनको पाटोमा काम भएका थिएनन् । आर्थिक वर्षको मध्यबाट प्रक्रिया थालिएर अन्त्यतिर काम हुँदा अधुरा र गुणस्तरहीन काम भएको गुनासो गरिँदै आएको थियो । डा.सोहनले योजना कार्यान्वयनका लागि पहिलो त्रैमासिकबाटै सरकारको राजनीतिक नेतृत्व र कर्मचारीहरूले तीव्र गतिमा काम थालिसकेको बताए । ‘प्रदेशमा पहिलोपटक यस्तो भएको हो । यसले योजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने मान्यता व्यवहारमा परिणत हुँदैछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१