Siraha Times
ताजा समाचार

जन सराेकार संघर्ष समिति नवलपरासीकाे जिल्ला घाेषणा सभा सम्पन्न

  • भदौ १२, २०८१
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,परासी / भदौ १२ । पश्चिम नवलपरासीको परासीमा आज जन सराेकार संघर्ष समितिकाे जिल्ला घाेषणा सभा एक कार्यक्रमकाे सम्पन्न भएकाे छ । संविधान सभा सदस्य तथा नेसपाका केन्द्रीय सदस्य चिनक कुर्मीकाे अध्यक्षता तथा पुर्व रक्षा राज्य मन्त्री एवम् जसपा नेपालका केन्द्रीय सदस्य रामवचन यादवकाे प्रमुख आतिथ्यतामा जन सराेकार संघर्ष समितिकाे घाेषणा सभा गरिएकाे हाे ।  कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि यादवले देशमा लाेकतन्त्र आए पनि जनता यसकाे कुनै पनि प्रत्याभूति गर्न नसकेको र जिल्ला देखि राष्ट्रिय समस्या समाधानमा लाग्न संघर्ष समितिलाई अनुराेध गर्दै लगु वित्तीय संस्था तथा बैंकलाई सरकारले नियमन गर्नु पर्ने जाेड दिनुभयाे । 

संघर्ष समितिले लघु वित्त पिडित,बैंकका ऋण पिडित,देशमा भई रहेकाे भ्रष्टाचारकाे विरुद्ध,दृष्टिबन्धक तथा तमसुक,विद्युत प्राधिकरण,कृषि तथा उद्योग,स्वास्थ्य शिक्षा तथा राेजगारबाट पिडित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन,कलष्टरकाे आधारमा तीन वटै सरकारमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली,जनसंआधारमा निर्वाचन क्षेत्र ,पालिका तथा वडाहरु निर्धारण कायम गराउने माग र एजेन्डा रहेकाे संघर्ष समितिका सदस्य राजेन्द्र यादवले जानकारी दिनुभयाे ।  नेकपा माओवादी केन्द्रका जिल्ला सह-ईन्चार्ज राजु हरिजन, राप्रपाका रामग्राम नगर अध्यक्ष रामभवन यादव,नेकपा  आन्तरिक विधायक विनाेद सिंह,जनमत पार्टी प्रदेश सदस्य दिप चन्द्र काैशल,जसपा नेपाल जिल्ला अध्यक्ष धरेन्द्र यादव,पुर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादव लगायतले बाेल्नु भएकाे कार्यक्रम संचालक गाेपाल चाैधरीले बताउनुभयो । 

जन सराेकार संघर्ष सकिति नवलपरासीको संविधानसभा सदस्य चिनक कुर्मीकाे अध्यक्षतामा ६५ सदस्यीय समिति चयन गरिएको जसपा नेपालबा जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१